आइतबार ५ वटा सूचीकृत कम्पनीहरुमा के के भयो ?

Apr 21, 2019 Merolagani

आइतबार ५ वटा सूचीकृत कम्पनीहरुमा सात वटा घटनाक्रम देखिएका छन् । हकप्रद प्रस्ताव, विशेष साधारण सभा, सञ्चालक फेरबदल लगायतका घटनाक्रम आइतबार देखिएका छन् । कुमारी बैंक, छिमेक लघुवित्त, लुम्बिनी जनरल इन्स्योरेन्स लगायत कम्पनीका फरक विषय यस्ता छन् ।

आइतबार कुमारी बैंकको बोनस शेयरको मूल्य समायोजन भएको छ । २ आर्थिक वर्षको गरी बैंकले बितरण गर्न लागेको २१.२५ प्रतिशत बोनस सेयरलाई दोस्रो बजारको शेयर मूल्यमा समायोजन गरिएको हो ।

समायोजना पश्चात कुमारी बकैंकको प्रतिकित्ता शेयर मूल्य २२१.८६ पैसा निर्धारण भएको छ भने आधारमूल्य २६२ रुपैंया ९३ पैसा कायम भएको छ ।

त्यसै गरी कुमारी बैंकका सर्वसाधारण शेयरधनी शोभाकान्त ढकालले दिएको राजिनामा पनि बैंक सञ्चालक समितिले स्वीकृत गरेको छ । बैशाख ६ गते बसेको बैंक सञ्चालक समितिको बैठकले ढकालको राजिनामा स्वीकृत गरेको बैंकले जनाएको छ ।

उता लुम्बिनी जनरल इन्स्योरेन्सले २० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव सहित विशेष साधारण सभा बोलाएको छ । हाल कायम चुक्ता पूँजी ८८ करोड रुपैंयाको २० प्रतिशतले हुने १७ करोड ६० लाख रुपैंया बराबरको हकप्रद निष्काशन गर्ने सञ्चालक समितिको प्रस्ताव पारित गराउन इन्स्योरेन्सले विशेष साधारण सभा बोलाएको हो । इन्स्योरेन्सले बैशाख २५ गतेका लागि बोलाएको विशेष साधारण सभाका लागि बैशाख १५ गते शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने निर्णय गरेको छ ।

त्यसै गरी लुम्बिनी जनरल इन्स्योरेन्सको सञ्चालक समितिमा लुम्बिनी विकास बैंकका तर्फबाट प्रतिनिधित्व गर्दै आएका बैंकका नायब प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मीको ठाउँमा नयाँ सञ्चालक आएका छन् । इन्स्योरेन्सका अनुसार लुम्बिनी विकास बैंकका संस्थापक गणेशराज रेग्मी इन्स्योरेन्सको नयाँ सञ्चालक बनेका हुन् ।

उता ४० प्रतिशत लाभांस बितरणको प्रस्ताव गरेको छिमेक लघुवित्तले साधारण सभा आह्वान गर्दै शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने मिति तोकेको छ ।

छिमेकले १८ प्रतिशत बोनस र २२ प्रतिशत नगद लाभांस पारित गर्नका लागि बैशाख ३० गते हेटौंडामा साधारण सभा बोलाएको छ ।

छिमेकले साधारण सभा प्रयोजनका लागि बैशाख १६ गतेदेखि ३० गतेसम्म शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएको हो । बैशाख १५ गतेसम्म छिमेकको शेयर किनेका तथा शेयरधनी कायम भएकाहरुले मात्र बोनस तथा लाभांस पाउने छन् । १६ गते लघुवित्तको शेयर मूल्य समायोजन हुने छ ।

त्यसै गरी छिमेकको सञ्चालक समितिमा नबिल बैंककातर्फबाट प्रतिनिधित्व गर्दै आएका नबिलका सञ्चालक ज्ञानेन्द्रप्रताप शाहको ठाउँमा बैंकका प्रतिनिधि मनोजकुमार यादवलाई नियुक्त गरेको छ । नबिल बैंकमा शाहको कार्यकाल सकिएका कारण यादवलाई बैंकको सिफारिसमा सञ्चालक बनाइएको लघुवित्तले जनाएको छ ।

त्यसै गरी मिथिला लघुवित्तको सञ्चालक समितिमा २ नयाँ अनुहारको प्रवेश भएको छ । लघुवित्तको केही दिन अघि सम्पन्न साधारण सभाले सर्वसाधारणतर्फ २ जना नयाँ सञ्चालकहरु चयन गरेको हो । जसमा जनकपुर उपमहानगरपालिका ९ का सरोजकुमार सिंह र बटेश्वर गाउँपालिका ३ का मनोजकुमार शाह रहेका छन् । लघुवित्त सञ्चालक समितिमा अरु कुनै पनि पदमा फेरबदल नभएको लघुवित्तले जनाएको छ ।

त्यसै गरी यनाइटेड फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा अजयकुमार मिश्र नियुक्त भएका छन् । आगामी ४ वर्षे कार्यकालका लागि फाइनान्स सञ्चालक समितिको बैठकले बैशाख ६ गतेदेखि लागू हुने गरी मिश्रलाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको हो ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।