एभरेष्ट बैंकको खुद नाफा १८.३७ प्रतिशत बढ्यो, २२ प्रतिशत लाभांश बाँड्न सक्ने

Apr 22, 2019 Merolagani

- तीर्थराज पौड्याल।
एभरेष्ट बैंक (EBL) ले खुद नाफामा १८.३७ प्रतिशतको वृद्धि सहित सोमबार चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशन गरेको छ। गत आवको यसै अवधिमा एक अर्ब ८७ करोड २० लाख खुद नाफा आर्जन गरेको बैंकको नाफा २ अर्ब २१ करोड ६० लाख पुगेको हो।

गत आवको नाफाबाट २० प्रतिशत नगद लाभांश वितरण गरेको बैंकको प्रगतिका धेरै सूचकहरुमा वृद्धि देखिएपनि पूँजी कोष संकुचन, कोषको लागत तथा कर्मचारी र सञ्चालन खर्च बढेकोले चुनौतिलाई पनि छन्।

तीन महिनामा बढ्यो साढे ७८ करोडले खुद नाफा

एभरेष्ट बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा मात्रै ७८ करोड ६१ लाख २१ हजार रुपैयाँले खुद नाफा बढाएको छ। दोस्रो त्रैमाससम्म एक अर्ब ४२ करोड ९९ लाख खुद नाफा कमाएको यस बैंकले चैत मसान्तसम्ममा दुई अर्ब २१ करोड ६० लाख ३६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो।

गत आवको ९ महिना अवधिमा बैंकले ६४ करोड ९२ लाख १९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

वितरण योग्य नाफा एक अर्ब ३५ करोड बढी

नेपाल फाइनान्सियल रिपोर्टिङ स्टाण्डर्ड (एनएफआरएस) अनुसारको वित्तीय विवरणमा बैंकको खुद नाफाबाट नियामकीय व्यवस्था अनुरुप विभिन्न शिर्षकहरुमा ८६ करोड ५६ लाख रुपैयाँ व्यवस्था पश्चात एक अर्ब ३५ करोड ४ लाख रुपैयाँ वितरण योग्य नाफा (फ्रि प्रोफिट) आर्जन गरेको उल्लेख छ।

जसअनुसार बैंकले शेयरधनीलाई २२.२० प्रतिशत लाभांश वितरण गर्ने हैसियत राख्दछ । राष्ट्र बैंकले तोकेको व्यवस्था अनुरुपको व्यवस्था पश्चात कायम हुने फ्रि फ्रि प्रोफिट बैंकले शेयरधनीलाई लाभांश वितरणमा उपयोग गर्न सक्दछ।

एनएफआरएस रिर्पोट अनुसार बैंकले विभिन्न शिर्षकहरुको व्यवस्था अन्तर्गत साधारण जगेडामा ४४ करोड ३२ लाख, पूँजीगत जगेडामा १२ करोड ५१ लाख, संस्थागत सामाजिक उत्तरदायित्वमा दुई करोड २१ लाख, कर्मचारी तालिममा ६१ लाख व्यवस्था गरको छ । यस्तै रेगुलेटरी रिर्जब शिर्षकमा २६ करोड ९० लाख छुट्टाएको हो।

खर्बको बढी निक्षेप संकलन र कर्जा विस्तार , निक्षेप भन्दा कर्जा विस्तार वृद्धिदर धेरै

समीक्षा अवधिमा बैंकको निक्षेप संकलनको वृद्धि भन्दा कर्जा विस्तारको दर उच्च देखिन्छ । चैत्र मसान्तसम्म १७ प्रशिशतले बचत संकलन बढाएको यस बैंकले १९ प्रतिशत धेरैले कर्जा लगानी बढाएको हो ।

निक्षेप संकलनको विस्तारबाट व्यवसायको आकार बढाउँदै सो अनुपातमा बैंकको खुद ब्याज आम्दानी बढेको छ । बैंकको खुद ब्याज आम्दानीको वृद्धि करिब १७ प्रतिशत छ।

बैंकको खुद ब्याज आम्दानी ४ अर्ब १० करोड ६२ लाख छ। ९ अर्ब ४७ करोड २० लाख ब्याज आम्दानी गरेको बैंकले ५ अर्ब ३६ करोड ५७ लाख रुपैयाँ ब्याज खर्च गरेको हो।

गत चैत मसान्तको एक खर्ब २४ अर्ब ५४ करोड २० लाख निक्षेप संकलन गरि एक खर्ब २ अर्ब ३२ करोड १४ लाख कर्जा परिचालन गरेको छ ।

पूँजी स्थिर रहँदा ईपिएसमा बढोत्तरी

गत आर्थिक वर्षको नाफाबाट २० प्रतिशत नगद लाभांश वितरण गरेर पूँजी स्थिर रहँदा बैंकको प्रतिशेयर आम्दानी बढेको छ।

चुक्ता पूँजी ८ अर्ब १० करोड ६८ लाख रुपैयाँ रहेको बैंकको प्रतिशेयर आम्दानी ३० रुपैयाँ ७९ पैसाबाट ३६ रुपैयाँ ४५ पैसामा बढेको हो। बैंकको १५ प्रतिशतले जगेडा कोष बढेको छ । गत आवको चैत मसान्तमा बैंकको जगेडा कोष ७ अर्ब ३४ करोड १४ लाख रहेकोमा हाल ८ अर्ब ४४ करोड १४ लाखमा वृद्धि भएको हो।

आधारदरमा राहत, कोषको लागतमा वृद्धि

गत आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिको तुलनामा चालू आवको यसै अवधिमा बैंकको आधार ब्याजदर घटेको छ भने निक्षेप संकलन लागत भने बढेको छ।

यस अवधिमा बैंकको आधार ब्याजदर घटेकोले ऋणीलाई केही सस्तो ब्याजमा नै ऋण पाउन सहज बनेको छ भने लगानीयोग्य तरलता संकटका कारण प्रतिस्पर्धि ब्याजदरमा निक्षेप संकलन गर्दा वाणिज्य बैंकहरुको निक्षेप संकलन लागत भने बढेको छ।

गत वर्षको चैत मसान्तमा ८.१८ प्रतिशत रहेको एभरेष्ट बैंकको आधार ब्याजदर ८.०१ प्रतिशतमा झरेको छ भने कोषको लागत ५.३९ बाट ६.०७ प्रतिशतमा बढेको छ।

समीक्षा अवधिमा बैंकले आफ्नो खराब कर्जा अनुपात घटेको छ । गत आर्थिक वर्षको ९ महिना अवधिमा बैंकमा ०.२३ प्रतिशत खराब कर्जा अनुपात रहेकोमा यस वर्षमा घटेर ०.१८ प्रतिशतमा बढेको छ।

बैंकको सिसिडी अनुपात ७६.६९ प्रतिशत, प्रतिशेयर नेटवर्थ २०५ रुपैयाँ १६ पैसा र मूल्य आम्दानी अनुपात १६.४६ गुणा रहेको छ। यस्तै पूँजीकोष अनुपात १५.७० बाट १३.३८ प्रतिशतमा झरेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।