मंगलबार बजार बन्द भए पछिको तथ्यांकका आधारमा हेर्दा ६८ कम्पनीहरुको शेयर मूल्य २०० रुपैंयाभन्दा तल छ । कतिपय कम्पनीहरुको शेयर मूल्य आईपिओकोभन्दा सस्तो छ ।
जलविद्युत कम्पनीहरुले दिने प्रतिफललाई लगानीकर्ताले नजिकबाट आँकलन गर्न थाले पछि पछिल्लो समय जलविद्युत कम्पनीहरुको शेयर मूल्य तल्लो विन्दुमा ओर्लिएका छन् ।
सिभिल, मेगा, सेञ्चुरी र जनता बैंकको शेयर मूल्य २०० रुपैंयाभन्दा तल छ । त्यसै गरी २१ वटा विकास बैंकको शेयर मूल्य पनि २०० रुपैंयाभन्दा तल छ । कुन बैंकको शेयर मूल्य कति ? तालिकामा हेर्नुहोस् ।
उता २०० रुपैंयाभन्दा सस्तो मूल्यमा रहेका फाइनान्स कम्पनीको संख्या पनि उस्तैछ । मंगलबारको शेयर मूल्यका आधारमा हेर्दा सबैजसो फाइनान्स कम्पनीहरुको शेयर मूल्य २०० रुपैंयाभन्दा तल रहेको देखिन्छ । कुन् फाइनान्सको शेयरमूल्य कति ? तालिकामा हेर्नुहोस् ।
सबैभन्दा धेरै संख्यामा जलविद्युत कम्पनीहरुको शेयर मूल्य २०० रुपैंयाभन्दा तल छन् । अझ डेढ सय रुपैंयाको हाराहारीमा केही कम्पनीको शेयर कायम हुँदा धेरै कम्पनीहरुको शेयर मूल्य १०० रुपैंया अर्थात आईपिओको मूल्यभन्दा तल रहेको तथ्यांकले देखाउँछ ।
११ जलविद्युत कम्पनीको शेयर मूल्य १०० रुपैंइाभन्दा तल रहेको छ भने एउटाको १०० रुपैंया रहेको देखिन्छ । जलविद्युत लगानी तथा विकास कम्पनीको शेयर मूल्य पनि २०० रुपैंयाभन्दा तल छ । कुन कम्पनीको शेयर मूल्य कति ? तालिकामा हेर्नुहोस् ।
माथि तालिकामा उल्लेख गरिएका कम्पनीहरुमा कतिपयको वित्तीय अवस्था नै कमजोर भएकाले शेयर मूल्य तल झरेको हो । कतिपयको संस्थागत सुशासन कमजोर भएका कारण शेयर मूल्यमा नकरात्मक असर पारेको देखिन्छ । लगानीकर्ताहरुले यस्ता कम्पनीको पहिचान गर्ने तथा कम्पनीको अवस्थाका बारेमा अध्ययन गरेर मात्र लगानीको निर्णय गर्नु उचित हुन्छ ।