नेपाल एग्रोको लागि न्युनतम १०३ रुपैयाँ ४८ पैसा अधिकत्तम ३१० रुपैयाँ ४४ पैसामा पहिलो कारोबार गर्न ओपनिङ्ग रेन्जव तोकिएको छ । त्यस अनुसार पहिलो कारोबार खुल्नेछ ।
नेपाल एग्रोले शुक्रबार ४ लाख ९७ हजार ७७८ कित्ता शेयर नेप्सेमा सूचीकृत गराएको हो । कुल सूचीकृत शेयरमध्ये १ लाख ६१ हजार ७७८ कित्ता सर्वधारण र बाँकी ३ लाख ३६ हजार संस्थापक शेयर हो ।
यस्तै गणपति माइक्रोफाइनान्सको पनि आइतबार देखि नै कारोबार खुलेको छ । नेप्सेले पहिलो कारोबारको लागि न्युनतम ७८ रुपैयाँ ९० पैसा र अधिकत्तम २३६ रुपैयाँ ७२ पैसा तोकिएको छ ।
त्यस अनुसार आजको कारोबार खुल्नेछ ।
गणपतिको गत शुक्रबार १० लाख ३५ हजार कित्ता शेयर सूचीकृत भएको छ । कुल सूचीकृत शेयरमध्ये ३ लाख ३५ हजार कित्ता सर्वसाधारण र बाँकी ७ लाख कित्ता संस्थापक शेयर रहेको छ ।