हिमाल दोलखा हाइड्रोले जेठ १४ देखि साधारण शेयर जारी गर्ने

May 20, 2019 Merolagani

हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमीटेडले यहि जेठ १४ गतेदेखि १६ करोड रुपैयाँ बराबरको १६ लाख कित्ता साधारण शेयर जारी गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित इलाम जिल्लाका बासिन्दाहरुको लागि शेयर निष्काशन गर्न लागेको हो ।

कसले गर्न पाउँछ आवेदन ?

पहिलो चरणमा आयोजना प्रभावित इलाम जिल्लाका बासिन्दाहरुको लागि शेयर निष्काशन  गरिएको उक्त आईपिओमा आयोजनाबाट अति प्रभावित क्षेत्र इलाम नगरपालिकाको वडा नम्बर ९, १० र माई नगरपालिका वडा नम्बर ९ तथा इलाम जिल्लामा बसोबास गर्ने नेपाली नागरिकले आवेदन गर्न सक्नेछन् । 

उक्त आइपिओको निष्कासन तथा बिक्री प्रवन्धकको काम ग्लोबल आईएमई क्यापिटल लिमिटेडले गर्नेछ । आईपिओमा न्यूनतम १० कित्ताका लागि एक हजार रुपैयाँदेखि अधिकतम एक लाख कित्ता अर्थात एक करोड कित्तासम्म माग गर्न सकिनेछ ।

आवेदन स्थान

आईपिओमा सि आश्वाको साथै इलाममा शाखा रहेका सिद्धार्थ, नेपाल एसबिआई, माछापुच्छ्रे बैंकको शाखा कार्यालयहरु, लक्ष्मी बैंक चोकबजार, एभरेष्ट बैंक फिक्कल, सेञ्चुरी बैंक भानुपथ, ग्लोबल आईएमई फिक्कल र आयोजना स्थल इलाम नगरपालिका वडा नम्बर ९, १० बाट उक्त आईपिओ भर्न सकिनेछ ।

कम्पनीले निष्काशन गर्ने आईपिओमा जेठ २८ गतेसम्म आवेदन गर्न सक्नेछन् भने सो समयमा आवश्यक आवेदन नपरेको खण्डमा भने असार १३ गतेसम्म उक्त आईपिओ खुला रहनेछ ।

कमजोर रेटिङ्ग 

कम्पनीले निष्काशन गर्न लागेको उक्त आईपिओलाई केयर नेपाललले औसतभन्दा तल आधार जनाउने 'केयर एनपि आईपिओ ग्रेड ४' रेटिङ्ग प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय अवस्था औसतभन्दा कमजोर रहेको भन्ने बुझाउँछ ।

सर्वसाधारणमा ६२ करोडको आउने

पहिलो चरणमा स्थानीय बासिन्दाका लागि निष्काशन गरिएको शेयर बाँडफाँड पश्चात कम्पनीले सर्वसाधारणमा ६२ करोड रुपैयाँ ६२ लाख कित्ता शेयर निष्काशन गरिने कम्पनीले जनाएको छ ।

स्थानीय र सर्वसाधारण गरि कम्पनीले जारी पूँजीको ४८.७५ प्रतिशत अर्थात ७८ करोड रुपैयाँ बराबरको ७८ लाख कित्ता आइपिओ बिक्री गर्न लागेको हो ।

कम्पनीको चूक्ता पूँजी १ अर्ब ६९ करोड रुपैयाँ छ । आइपिओपछि कम्पनीको चुक्ता पूँजी दुई अर्ब ४७ करोड पुग्नेछ ।

निमार्ण लागत र वित्तीय अवस्था

हिमालका दोलखा हाइड्रोपावरले इलाममा माई खोला स्मल हाइड्रोपावर र माई खोला स्मल क्यास्केड गरि दुई वटा आयोजना निर्माण गरिरहेको छ । जसमा माई खोला स्मल हाइड्रोपावरको क्षमता ४.५५ मेगावाट र माई खोला स्मल क्यास्केड हाइड्रोपावर ८ मेगावाट रहेको छ।

माई खोला स्मल हाइड्रोपावर प्रतिमेगावाट लागत १६ करोड ११ लाख ४४ लाख अर्थात ७२ करोड ५१ लाख ४९ लाख र माई खोला स्मल क्यास्केड हाइड्रोपावर १७ करोड ८० लाख ८७ हजार अर्थात एक अर्ब ४२ करोड लागतमा निमार्ण सम्पन्न हुनेछ ।

दुबै आयोजनाबाट साधारण लगानी फिर्ता हुने ७ वर्ष र डिस्टकाउन्टमा लगानी फिर्ता हुने १७ वर्ष लाग्नेछ । माई खोला स्मल हाइड्रोपावरको विद्युत उत्पादन इजाजत २४ र माई खोला स्मल क्यास्केड हाइड्रोपावरको विद्युत उत्पादन अनुमति ३० वर्ष बाँकी छ ।

कम्पनी चालु आर्थिक वर्षमा प्रतिशेयर आम्दानी ७ रुपैयाँ ५६ पैसा आम्दानी गर्ने र आव २०७६/७७ मा सञ्चित नोक्सानी सकिएर ८ करोड ६३ लाख सञ्चित मुनाफामा पुग्ने प्रक्षेषण छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।