नेपाल स्टक एक्सचेन्जमा जेठ ५ गते आइतबार सिनर्जीतर्फको वेष्ट फाइनान्सको ५१ लाख २५ हजार २८ कित्ता शेयर सूचीकृत भएसँगै शेयर किनबेच खुला भएको हो ।
बेष्ट फाइनान्सले सिनर्जी फाइनान्सलाई प्राप्त गर्ने सम्झौता गरेदेखि २०७४ असोज अन्तिम साता देखि फाइनान्सको शेयर कारोबार रोकिएको थियो । बेष्टले सिनर्जी फाइनान्सलाई एक बराबर एकको स्वाप रेसियोमा एक्वायर गरेको हो ।
साथै दुबै फाइनान्सले २०७५ साउन १७ गतेदेखि एकीकृत कारोबार सुरु गरेका थिए । सिनर्जीलाई प्रात्ति गरे पछि बेष्ट फाइनान्सको चुक्ता पुँजी ८१ करोड १६ हजार रुपैयाँ छ ।
यस सँगै बेष्ट फाइनान्सको २९ लाख ७५ हजार १३० कित्ता शेयर सहित ८१ लाख १५८ कित्ता शेयर बेष्ट फाइनान्सको नाममा कारोबार हुने नेप्सेले जानकारी गराएको छ । यस कम्पनीको शेयर कारोबार संकेत ‘बीएफसी’ बाट हुनेछ ।
पछिल्लो समय नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थालाई मर्जर तथा प्राप्तिमा गर्ने रणनीति लिएको छ । उक्त रणनीति बमोजिम बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा मर्जरमा जान राम्रो संस्थाको छनोट प्रकृयामा लागेका छन् । तर मर्जर प्रक्रिया लम्बिदा कयौ लगानीकर्ताको शेयर बन्धक हुने गरेको छ ।