उधारो कारोबार गर्न नपाउने भएपछि ‘टी प्लस वान’ मा जान हच्किए लगानीकर्ता

May 21, 2019 Merolagani

नेपाल धितोपत्र बोर्ड, नेप्से र सीडीएससी एण्ड क्लेयरिङले शेयर कारोबारको सेटलमेन्ट एक दिनमा पुरा गर्ने प्रस्ताव गरेपनि लगानीकर्ताहरु भने पछि हटेका छन् । हाल ‘टी प्लस थ्री’ अर्थात शेयर किनबेच भएको तीन दिन भित्रमा सेटलमेन्ट हुने गरेको छ ।

नियामक निकायहरुले ‘टी प्लस थ्री’ मा रहेको सेटलमेन्ट प्रक्रियालाई ‘टी प्लस वान’ मा झार्ने प्रस्ताव गर्दा लगानीकर्ताहरुले यसलाई अस्विकार गरेका हुन् ।

यस बिषयमा अध्ययन गर्न नेप्सेले बनाएको एक समितिले सो सम्बन्धमा लगानीकर्ताका विभिन्न संस्थाहरुसँग छलफल सुरु गरेको छ । सोमबार भएको छलफलमा लगानीकर्ताका संस्थाहरु नै यस बिषयमा एकमत हुन सकेनन् ।

लगानीकर्ताका विभिन्न चार संस्थाका प्रतिनिधि छलफलमा सहभागि भएका थिए । तर उनीहरु ‘टी प्लस वान’ मा जान पूर्ण सहमत हुन सकेनन् । यो प्रस्ताव कार्यान्वयनमा आए नगद साथमा नभए लगानीकर्ताले शेयर खरिद गर्न सक्ने छैनन् ।

उद्यारोमा शेयर किनबेच गर्न नपाउने भएपछि ठूला लगानीकर्ताको प्रतिनिधित्व गर्ने संस्था ‘टी प्लस वान’ मा जान इच्छुक नभएको छलफलका एक सहभागीले बताए । तत्काललाई यो व्यवस्था कार्यान्वयन नगर्न पनि लगानीकर्ताले आग्रह गरेका छन् । केहीले ‘टी प्लस टु मा जान सकिने समेत बताए ।

सरकारले मुद्रा तथा पूँजी बजारमा देखिएको समस्या अध्ययन तथा समाधान गर्न गठन गरेका समितिको प्रतिवेदनले शेयर कारोबारको सेटलमेन्ट एक दिनमा झार्न सुझाब दिएको थियो । सोही सुझाब कार्यन्वयन गर्न सरोकारवाला निकाय लागि परे पनि लगानीकर्ता पछि हटेका छन् ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।