जलविद्युतमा लगानीकर्ता सिफ्ट हुँदा अपर तामाकोशीको माग बढ्यो

May 21, 2019 Merolagani

समूहगत रुपमा शेयर उठाएर नाफा सुरक्षित गर्नेक्रम बढ्दा जलविद्युत कम्पनीहरुमा लगानीकर्ता सिफ्ट भएका छन् । मंगलबारको बजारमा डेढ घण्टाको अवधिमा सबैभन्दा धेरै जलविद्युत समूहको सूचक बढेको छ ।

डेढ घण्टाको कारोबारमा जलविद्युत समूहको सूचक चार प्रतिशत भन्दा धेरैले उकालो लागेको छ । कारोबारमा आएका एघार उपसमूहमध्ये आठ उपसमूहको सूचक एक प्रतिशत भन्दा कम छ । व्यपार र र्निजीवन कम्पनीको सूचक एक प्रतिशत भन्दा धेरैले बढेको छ ।

अपर तामाकोशी शेयर मूल्य बढेर उच्च कारोबार हुँदा जलविद्युत समूहमा उच्च सुधार आएको हो । यस अवधिमा तामोकोशीको पाँच करोड बराबरको शेयर किनबेच भएको छ । जसको शेयरमूल्य झण्डै दश प्रशितले बढेर प्रतिकित्ता २७८ रुपैयाँ पुगेको छ । मंगलबारको बजारमा राधि र अपि पावरको शेयर मूल्य समेत बढेको छ । 

तामाकोशीको मात्र नभई मंगलबारको बजारमा बुटवल पावर कम्पनी र सानिमा माई हाइड्रो पनि उच्च कारोबार हुने दश कम्पनीमा अटाएका छन् । समूहगत रुपमा शेयर उठाएर नाफा सुरक्षित गर्ने लगानीकर्ताहरु सक्रिय रहदा बजारका समूहगत सूचकहरुमा पनि उतारचढाब देखिने गरेको छ ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।