हिमालय ऊर्जाको शेयर कारोबार बुधबारदेखि खुल्ने, कति पायो ओपनिङ्ग रेञ्ज ?

May 21, 2019 Merolagani

हिमालय ऊर्जा विकास कम्पनीको साधारण शेयर सहित ९९ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीले जेठ ७ गते मंगलबार शेयर सूचीकरण गराएको हो।

कम्पनीको शेयर प्रतिकित्ता ९८ रुपैयाँदेखि २९५ रुपैयाँसम्मको रेञ्जमा बुधबारदेखि कारोबार खुला हुनेछ । नेप्सेले कम्पनीको कारोबार खुला गर्दा प्रतिशेयर नेटवर्थको तीन गुणासम्मको अधिकतम रेञ्ज प्रदान गर्ने गरेको छ।

हिमालय ऊर्जाले चैत २० देखि २५ गतेसम्म जारी पूँजी ९९ करोड रुपैयाँको १५ प्रतिशत बराबरको साधारण शेयर (आईपिओ) निष्काशन गरि गत वैशाख ३ गते बाँडफाँड गरेको थियो। आईपिओमा अधिकांश आवेदकले २० कित्ता र ३ प्रतिशत आवेदकले १० कित्ता शेयर पाएका थिए।

कम्पनीले चैत २० देखि २५ गतेसम्म कूल १४ लाख ८५ हजार कित्ता साधारण शेयर निष्काशन गरि बाँडफाँड गरेको हो। कम्पनीले यसअघि रामेछाप र दोलखा जिल्लाको आयोजना प्रभावित बासीन्दालाई यस अघि नै कार्तिक ६ देखि मंसिर ५ गतेसम्म ९ करोड ९० लाख रुपैयाँ बराबरको ९ लाख ९० हजार कित्ता आइपिओ निष्काशन गरि पुस ६ गते बाँडफाँड गरेको थियो। स्थानीयको शेयर भने तीन वर्षसम्म बिक्री गर्न बन्देज हुनेछ।

कम्पनीले रामेछाप र दोलखा जिल्लाको सीमा भएर बहने खिम्ति खोलामा कम्पनीले १२ मेगावाटको उपल्लो खिम्ति र ७ मेगावाटको अपर खिम्ति– आई आई गरी कुल १९ मेगावाटका आयोजनाहरु निर्माण गरिरहेको छ।

विवरण पत्रमा उल्लेख भए अनुसार १९ मेगावाट निर्माण गर्नको लागि लागत करिव ३ अर्ब १५ करोड रहेको छ। यसरी हेर्दा प्रति मेगावाट लागत करिब १६ करोड ५६ लाख मात्र रहेको छ भने दुवै आयोजना यहि २०७६ आषाढ मसान्तमा सम्पन्न हुने उल्लेख छ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।