लगानीकर्ताको आकर्षण हाइड्रोमा, नेप्से साढे ४ अंकले बढ्यो खस्कियो कारोबार

May 21, 2019 Merolagani

मंगलबार शेयर बजारमा सामान्य अंकको सुधार आएको छ । नेप्से साढे ४ अंकले सुधार हुदाँ पनि कारोबार रकम भने खस्किएको छ । सोमबार तुलनामा कारोबार रकम ४१ करोड रुपैयाँले घटेरको हो ।

मंगलबार कारोबारमा आएका अधिकाँस सुचकहरु सकारात्मक बन्दा नेप्से परिसूचक ४.४२ अंकले बृद्धि भएर १३१२.१४ विन्दुमा पुगेको छ । यस दिन १७३ कम्पनीका ३१ लाख २ हजार २८४ कित्ता शेयर किनबेच भएर ८१ करोड ४४ लाख रुपैयाँको कारोबार भयो । सोमबार १ अर्ब २२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।

मंगलबार करोबारमा आएका १२ उपसमुहमध्ये अधिकाँस सूचकमा सुधार आएको छ । ९ समुहको सूचक सकारात्मक बन्दा ३ समुहको सूचक मात्रै नकारात्मक बने । हाइड्रोपावर सूचक सबै भन्दा धेरै ६४.६ अंकले सुधार भएको छ । यस्तै जीवन ४२, निर्जीवन २८.०६, फाइनान्स १०.५१, व्यापार २.७, होटल २.५८, विकास बैंक २.४४, वाणिज्य बैंक ०.०८ र म्युचुअल फण्डको सूचक ०.०५ अंकले सकारात्मक भएका छन् ।

यता उत्पादन तथा प्रशोधन समहुको सूचक सबैभन्दा धेरै ३३.३४ अंकले ओरालो लागेको छ । यस्तै माइक्रोफाइनान्स ३.०५ र अन्य १.१६ अंकले नकारात्मक बने ।

मंगलबार नेपाल बैंक र शिवम् सिमेन्टको शेयर अधिक मात्रामा कारोबार भएको छ । नेपाल बैंको ८ करोड ६६ लाख र शिवमको ६ करोड ८८ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

यस्तै बुटवल पावरको ५ करोड ९६ लाख, अपर तामाकोशीको ४ करोड ९६ लाख, सानिमा हाइड्रो पावरको ४ करोड २५ लाख र प्राइम कर्मशियल बैंकको २ करोड ४७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

मंगलबार मल्ट्रिपर्पस फाइनान्स र अपर तामाकोशीको शेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ । मल्ट्रिपर्पस फाइनान्सको शेयरमूल्य ९.९४ प्रतिशतले र अपर तामाकोशीको शेयरमूल्य ९.८८ प्रतिशतले बढेको हो । यस्तै कर्पोरेट डेभलपमेन्ट बैंक शेयरमूल्य ९.८४ प्रतिशतले बढेको छ । रिलायन्स फाइनान्स र सर्पोट माइक्रोफाइनान्सको शेयरधनीले ९ प्रतिशत भन्दा बढीले कमाएका छन् ।

यता समिट लघुवित्तको शेयरधनीहरुले सबै भन्दा धेरै ७.०५ प्रतिशतले गुमाएका छन् । सिन्धु विकास बैंकको शेयरमूल्य पनि ५.२२ प्रतिशतले ओरालो लागेको छ । यस्तै घलेम्दी हाइड्रो, हिमालयन डिस्टीलरी, मिथिला लघुवित्तको शेयरमुल्य ४ प्रतिशत भन्दा बढीले घटेको छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।