मुद्रास्फीति दबाब, आर्थिक वित्तीय घाटा तथा विनिकय दरमा गिरावटको कारण देखाउँदै प्रमुख बैंकले ब्याजदरमा बढोत्तरी गराएको हो । गत हप्ता ६ अर्ब डलरको कर्जाको विषयलाई लिएर अन्तराष्ट्यि मुद्राकोषका साथ प्रारम्भिक सम्झौतापछि पाकिस्तानले यस्तो कदम उठाएको बताइएको छ ।
स्टेट बैंक अफ पाकिस्तानले नयाँ ब्याजदर २१ मे देखि लागू भएको बताएको छ । यसअघि केन्द्रीय बैंकले मार्चमा पछिल्लो मौद्रिक नीति समीक्षामा नीतिगत दर ०.२५ बाट बढाएर १०.७५ प्रतिशत पुर्याएको थियो ।
बैंकले आर्थिक वर्ष २०१९ मा पाकिस्तानको अर्थतन्त्र सुस्ताउने र आगामी वर्ष भने मध्यम गतिको आर्थिक वृद्धि हासिल हुने प्रक्षेपण गरेको छ । एसबीपीले अन्तरराष्ट्रिय मुद्रा कोषको आर्थिक सहायताले भने आर्थिक गतिविधिमा केही सुधार आउने अनुमान गरेको छ ।
उता पाकिस्तानी शेयर बजारमा पछिल्लो समय लगातार घटिरहेको छ । लगानीकर्ताहरूले शेयर बजारमा गरेको लगानी झिकेर निश्चित आय आउने सेक्युरिटिजमा लगानी गर्न थालेपछि लगातार सातौं हप्ता पनि बजार रातोमा आएको हो । यो कमीसँगै विगत ७ हप्ताको कारोबारमा शेयर बजार १४ प्रतिशतले घटिसकेको छ । यो विगत १७ वर्षयताकै सबैभन्दा लामो कमी हो ।
गएकोे हप्ता बेञ्चमार्क केएसई¬–१०० परिसूचक १ हजार ५ सय ५० अंक (साढे ४ प्रतिशत) ले घटेको थियो । यो विगत ३० हप्तायताकै उच्च कमी हो । त्यसैगरी शुक्रवार बजार बन्द हुँदा केएसई ३३ हजार १ सय ६७ अंकमा आएर बन्द भएको थियो । यो तीन वर्षकै न्यून हो ।
बहुपक्षीय कर्जादाता निकाय अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले पाकिस्तानलाई ६ अर्ब डलरको वित्तीय सहायता उपलब्ध गराउने समाचार सार्वजनिक भएपछि हप्ताको शुरुदेखि नै लगानीकर्ताहरुमा त्रास बढेको थियो ।
-एजेन्सी