सिभिल बैंकद्वारा औषधोपचार बीमाको दाबी भुक्तानी

May 23, 2019 Merolagani

सिभिल बैंक (CBL) ले “सम्मान बचत खाता“ खोलेका ग्राहकहरुको औषोधपचार खर्च बापतको बीमा दाबी रकमको भुक्तानी गरेको छ। बैंकद्वारा औषोधपचार खर्चको बीमा दाबी रकम काठमाडौंका रिकेश शाक्य, बिराटनगरका रायचन्द बोथारा र मनोज पोखरेल र लेखनाथका पार्वती बास्तोलालाई प्रदान गरेको हो।

“समृद्धिको लागि सिभिल बैंक” भन्ने नाराका साथ अगाडि बढेको सिभिल बैंकले केहि महिना “सम्मान बचत खाता” खाता सञ्चालनमा ल्याएको थियो। सो खातामा आकर्षक ब्याजको अलावा औषोधपचार खर्चमा एक लाखसम्म र दुर्घटना मृत्युमा सात लाखसम्मको बीमा सुबिधा प्रदान गरिएको थियो।

बैंकको आधुनिक प्रबिधियुक्त बैंकिङ्ग सेवा तथा सुबिधामा विशेष ध्यानदिंदै ग्राहक सेवालाइ निरन्तर रुपमा चुस्त दुरुस्त र सुरक्षित बनाउँदै लैजाने योजना छ।

हालसम्म बैंकको ७३ शाखाहरु मार्पmत सेवा प्रदान गरिरहेको र थप ३३ शाखाहरु विस्तारको क्रममा रहेको बैंकले जनाएको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।