मोदीको पुनरागमन हुने संकेतले भारतीय शेयर बजारमा नयाँ रेकर्ड

May 23, 2019 Merolagani

लोकसभाको चुनावी नतिजाले भाजपालाई बहुमत मिल्ने संकेत देखिएसँगै भारतीय शेयर बजारले नयाँ रेकर्ड बनाएको छ । बिहीबार शेयर बजार खुलेदेखि नै बढिरहेकोमा सेन्सेक्स र निफ्टीले नयाँ उचाई लिएका हुन् ।

पहिलो पटक भारतीय शेयर बजारमा सेन्सेक्सले ४० हजारको र निफ्टीले १२ हजारको आँकडा पार गरेका हुन् ।

सेन्सेक्स ९७३ अंकले बढेर ४० हजार ९४ मा र निफ्टी ३०० अंकले बढेर १२ हजार ३८ मा कारोबार भइरहेका छन् । 

प्री मार्केटमा सेन्सेक्स ४८१ अंकको बढोत्तरीका साथ ३९ हजार ५९१.७७ मा खुलेको थियो भने निफ्टी १६३.३० अंकको बढोत्तरीका साथ ११ हजार ९०१ मा खुलेको थियो ।

नतिजा सार्वजनिक हुने क्रममा मोदी सरकारको बर्चस्व कायम देखिएसँगै निफ्टी र सेन्सेक्स दुवै परिसूचकले नयाँ उचाइ छोएका हुन् । सन् २०१४ मा मोदी प्रधानमन्त्री हुदाँ ६ महिनाको अवधिमा शेयर बजारमा १५ प्रतिशतको वृद्धि देखिएको थियो ।

यस वर्ष भारतको कुल गार्हस्थ्य उत्पादन ७ दशमलव ३ प्रतिशतले बढ्ने बैङ्कको प्रक्षेपण छ ।विश्लेषकहरुका अनुसार लगानीकर्ताले भाजपाकै नेतृत्वमा स्थिर सरकार बन्ने अनुमानका आधारमा शेयर बजारमा लगानी तीब्र पारेका छन् ।

चुनावी नतिजाले मोदी सरकार फेरि फर्कने देखएिकाले लगानीकर्ताहरुमा बैंकिङ कम्पनीहरुको शेयरप्रति उच्च आकर्षण देखिएको छ । यसका साथै अटोमोबाइल कम्पनीहरुका शेयरमा पनि लगानीकर्ताहरु झुम्मिएका छन् ।

तीन दिनअघि एक्जिट पोलको नतिजा सार्वजनिक भएपछि नै भारतीय शेयर बजारले उच्च रेकर्ड बनाएको थियो ।

- एजेन्सी

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।