नेप्से पाँच अंकले घट्यो, गुमाउनेमा अधिकांश हाइड्रोपावरका लगानीकर्ता

May 23, 2019 Merolagani

साताको अन्तिम कारोबार दिन नेप्से ५ अंकले घटेको छ। आइतबार र सोमबार घटेको नेप्से सूचक बिहीबार पनि नकारात्मक बन्दा १४.२१ अंकको गिरावट देखिएको हो। यसबीचमा मंगलबार र बुधबार भने नेप्स परिसूचकमा ११.९२ अंकको सुधार भएको थियो।

बुधबार उच्च शेयरमूल्य बढेको हाइड्रोपावर उपसमुहमा लागनीकर्ताहरुको आर्कषण बिहीबार टिक्न सकेन्। बुधबारको बजारमा कमाएका अपर तामाकोशी सहितका अधिकांश हाइड्रोपावर कम्पनीहरुका शेयरधनीले बिहीबारको कारोबारबाट गुमाएका छन् ।

बिहीबार हाइड्रोपावरको सूचक सबैभन्दा धेरै अर्थात ४.८२ प्रतिशत अर्थात ६४.७८ अंकले ओरालो लागेको छ। बुधबार हाइड्रोपावर सूचक सबै भन्दा धेरै ६८.६३ अंकले सुधार भएको थियो ।

 

बिहीबार कारोबारमा आएका अधिकांशको सूचकहरु नकारात्मक हुँदा नेप्से ५.०८ अंकले घटेर १३१४.५५ बिन्दुमा झरेको हो । यस दिन १७० कम्पनीका २९ लाख ४३ हजार ३०४ कित्ता शेयर किनबेच भएर ९३ करोड २६ लाख रुपैयाँको कारोबार भयो । रकमका आधारमा बुधबारको तुलनामा बिहीबार ३ करोड रुपैयाँले कारोबार घटेको हो। बुधबार ९६ करोड ६६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

बिहीबार करोबारमा आएका १२ उपसमुहहरु मध्ये ५ सकारात्मक बन्दा ७ नकारात्मक देखिएका छन् । हाइड्रोपावरको सूचक सबै भन्दा धेरै अंकले ओरालो लाग्दा होटल समुहको सूचक भने सबैभन्दा धेरै ३५.८३ अंकले बढेको छ। यस्तै निर्जीवन बीमा ३.७१, माइक्रोफाइनान्स १.७, अन्य ०.९२ र म्युचुअल फण्ड ०.०२ अंकले सुधार भएको छ ।

यता जीवन बीमा ४४.५३, विकास बैंक ९.२, फाइनान्स ७.०५, बाणिज्य बैंक ०.९५, उत्पादन तथा प्रशोधन ०.५० र व्यापार ०.०८ अंकले ओरालो लागेका हुन् ।

बिहीबार अपर तामाकोशीको सबैभन्दा धेरै रकमको शेयर कारोबार भएको छ । तामाकोशीको १५ करोड ५९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो । यस्तै हिमालयन डिस्टिलरीको ७ करोड, नेपाल बैंकको ६ करोड १४ लाख, कृषि विकास बैंकको ४ करोड १० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

 

बिहीबार एनएमबी माइक्रोफाइनान्सको शेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। माइक्रोफाइनान्सको शेयरमूल्य ९.९५ प्रतिशतले बढेको हो। यस्तै मल्टिपर्पस फाइनान्सको शेयरधनीले ९.६३ प्रतिशले कमाएका छन । चौतारी लघुवित्तको शेयरमूल्य ४.९३, समिट लघुवित्तको ३.४५, कञ्चन डेभलपमेन्ट बैंकको शेयरमूल्य ३.४३ प्रतिशतले सुधार भएको हो ।

यता हिमालयन उर्जा र हिमालयन पावर पार्टनरको शेयरमूल्यमा नेगेटिभ सर्किट लागेको छ । हिमालयन उर्जाको शेयरमूल्य ९.७२ र हिमालयन पावरको शेयरमूल्य ९.७० प्रतिशतले घटेको हो ।

यस्तै घलेम्दी हाइड्रो र युनाइटेड मोदीको शेयरधनीले ८ प्रतिशत भन्दा बढीले गुमाएका छन्। श्री इन्भेष्टमेन्ट फाइनान्स, जोशी हाइड्रोपावर, सानिमा माइ हाइड्रोपावरको शेयरमूल्य ७ प्रतिशत भन्दा बढिले ओरालो लागेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।