कम्पनी संचालक समितिको जेठ ९ गते बसेको ७७ औं बैठकले आर्थिक वर्ष २०७४/७५ मुनाफाबाट हाल कायम चुक्ता पूँजी ९७ करोड ३० लाख रुपैयाँको ५ प्रतिशत बोनस प्रस्ताव गरेको हो। इन्स्योरेन्सकोे बोनस प्रयोजनको लागि लाग्ने कर भने शेयरधनी आफैले ब्योहोर्नु पर्नेछ ।
लाभांश पारित भएपछि इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब २ करोड रुपैयाँ पुग्नेछ ।
इन्स्योरेन्सको लाभांश बीमा समितिबाट स्वीकृत भएपछि आगामी साधारण सभाले पारित गरेर सर्वसाधारणलाई वितरण हुनेछ ।
इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमास सम्ममा ३९ करोड ५१ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरी १० करोड रुपैयाँ खुद नाफा कमाएको छ ।
जगेडा कोषमा १९ करोड ४४ लाख रुपैयाँ र बीमा कोषमा २२ करोड ७९ लाख रुपैयाँ संचित रहेको इन्स्योरेन्सको प्रतिशेयर आम्दानी १३ रुपैयाँ ७२ पैसा, प्रतिशेयर नेटवर्थ १४३ रुपैयाँ ४६ पैसा र मूल्य आम्दानी अनुपात २९.१५ गुणा बढी छ ।