नेपाल बङ्गलादेश बैंकको ऋणपत्र खुल्यो, दश वर्षसम्म १०.२५% ब्याज पाइने

May 24, 2019 Merolagani

नेपाल बङ्गलादेश बैंक (NBB) ले २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गरेको छ। जेठ १० गते आजदेखि नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग मार्फत एक हजार रुपैयाँ अंकित दरमा २० लाख युनिट “एनबिबि डिबेञ्चर २०८५” निष्काशनमा ल्याएको हो।

निष्काशित ऋणपत्र २ अर्बको २० लाख कित्ता मध्ये ६० प्रतिशत अर्थात एक अर्ब २० करोड बराबरको ऋणपत्र व्यक्तिगत तवरबाट र ४० प्रतिशत अर्थात ८० करोड बराबको ८ लाख युनिट ऋणपत्र सर्वसाधारणका लागि निष्काशन गरेको हो। 

दश वर्ष अवधिको उक्त ऋणपत्रमा लगानी गर्ने लगानीकर्ताले वार्षिक १०.२५ प्रतिशत ब्याजदर प्राप्त गर्नेछन्। ब्याजदर अर्धवार्षिक रुपमा भुक्तानी हुनेछ।

ऋणपत्रमा लगानी गर्न चाहने इच्छुक लगानीकर्ताले मेरो शेयर तथा धितोपत्र बोर्डबाट आश्वा सदस्यता लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था रतिनको शाखा कार्यालय मार्फत ७७ जिल्लाबाटै आवेदन गर्न सक्नेछन् ।

ऋणपत्र न्युनतम एक हजार अंकित दरमा २५ कित्ता देखि अधिकतम एक लाख कित्तासम्म आबेदन गर्न सकिने व्यवस्था छ। ऋणपत्र छिटोमा जेठ १४ गते बन्द हुनेछ भने आवश्यक आवेदन नपरे असार ८ गतेसम्म आवेदन दिन सकिनेछ ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा मार्फत हरेक वाणिज्य बैंकलाई ऋणपत्र निष्काशन गर्न लगाउने नीति अख्तियार गरेको थियो । सोही नीति अनुरुप वाणिज्य बैंकहरु ऋणपत्र निष्काशनमा जुटेका हुन् ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।