शेयर लगानीकर्ताका संघ भन्छन्, टी वान प्लस भुक्तानी विधि कार्यान्वयनलाई शुभकामना

May 24, 2019 merolagani

नेपाल धितोपत्र बोर्डले दोस्रो बजारमा हुने शेयर कारोबार पछिको भूक्तानी प्रकृयालाई सहज बनाउन थालेको टी वान प्लस बिधिलाई शेयार लगानीकर्ता संघ संस्थाका प्रतिनिधिहरूले स्वागत गरेका छन् ।

यो बिधि लागू गर्ने बिषयमा भएको छलफलमा लगानीकर्ता नेताहरू नै पछि हटेको भन्ने समाचार आएपछि शेयर लगानीकर्ताका चारवटा संस्थाहरूले एक बिज्ञप्ति जारी गर्दै आफूहरू टी प्लस वानप्रति सकारात्मक भएको प्रतिकृया दिएका छन् ।

उनीहरूले यस सम्वन्धीको छलफलमा टी प्लस थ्रीवाट टु हुँदै वानमा जाँदा व्यवहारिक हुने बताएका थिए ।पूँजी बजारको विस्तार र बिकासका लागि गठित उच्चस्तरीय कार्यदलले दिएको सुझावमा हाल बिद्यमान टी प्लस थ्री बिधिवाट एकै दिनमा राफसाफ हुने टी प्लस वान बिधिमा जान सुझाव दिएको थियो । यसै बमोजिम धितोपत्र बोर्डले केन्द्रीय निक्षेप प्रणालीसिडिएससीलाई हाल कायम रहेको टि(प्लस थ्री राफसाफ चक्रलाई टि(प्लस वान मा झार्न निर्देशन दिएको हो । यस अघि यस बिषयमा अद्ययन गर्न नेपाल स्टक एक्सचेन्जकी उप प्रबन्धक प्रवीण पन्दाकको संयोजकत्वमा एक अध्ययन समिति बनेको थियो । समितिमा नेप्सेका तर्फबाट दुई, सिडिएससीका तर्फबाट एक,ब्रोकर कम्पनीका तर्फबाट एक र निक्षेप सदस्यका तर्फबाट एक प्रतिनिधि रहेका छन्। ।

के हो टि पल्स वान ?

हाल शेयर कारोबार भएको चार दिन पछि दोस्रो बजारमा राफसाफ हुने गरेको छ । शेयर खरिद वा बिक्री गरेको दिनलाई टि प्लस जिरो मानिन्छ भने त्यसपछिको दोस्रो दिनलाई वान, तेस्रो दिन टु र चौथो दिनलाई थ्री भनिन्छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।