नयाँ बजेटको व्यवस्था बमोजिम तपाईले कति तिर्नुपर्छ आयकर ? (हिसाबसहित)

May 30, 2019 Merolagani

-तीर्थराज पौड्याल।
सरकारले संघीय संसदमा बुधबार प्रस्तुत गरेको विद्ययेकमा व्यक्तिगत र दम्पतिको आयकर स्ल्याबमा हेरफेर गरको छ तर करको दर भने यथावत राखिएको छ। आर्थिक विधयेक मार्फत आयकरको स्ल्याबमा भएको परिवर्तनसँगै तपाईले तिर्नुपर्ने कर रकम पनि परिवर्तन भएको छ। अब तपाईले कति तिर्नुपर्छ कर  ? हेरौं।

आयकर ऐन २०५८ को अनुसूची १ को दफा १ बमोजिम एकल प्राकृतिक व्यक्तिले वार्षिक ४ लाखसम्म रोजगारीको आय भएमा र दम्पत्तिलाई ४ लाख ५० हजार रुपैयाँसम्मको रोजगारीको आय भएमा १ प्रतिशतमात्र आयकर लाग्नेछ ।

यसअघि व्यक्तिगत आयकरमा ३ लाख ५० हजार रुपैयाँसम्म र दम्पत्तिलाई ४ लाख रुपैयाँसम्मको आम्दानीमा एक प्रतिशत मात्र लाग्ने व्यवस्था थियो।

संघीय संसदमा प्रस्तुत विद्ययेकमा व्यक्तिगत आयकरमा यसअघिकै १०, २० र ३० प्रतिशत करको दर यथावत रहेको छ।  २० लाखभन्दा बढी आम्दानीमा ३६ प्रतिशतका दरले कर तिर्नुपर्छ।

  • एकल व्यक्तिले कति तिर्नुपर्छ आयकर ?

एकल प्राकृतिक व्यक्तिको हकमा ४ लाख रुपैयाँसम्म एक प्रतिशत कर लाग्नेछ । ४ लाख रुपैयाँदेखि ५ लाख रुपैयाँसम्म आय गर्नेले ४ लाख रुपैयाँसम्म ४ हजार र सोभन्दा बढी आयमा थप दश प्रतिशत कर तिर्नुपर्छ।

यसैगरि ५ लाख रुपैयाँदेखि ७ लाख रुपैयाँसम्म आम्दानी गर्नेले वार्षिक १४ हजार रुपैयाँ र ५ लाख रुपैयाँभन्दा बढीको आम्दानीमा थप २० प्रतिशत कर लाग्नेछ।

यस्तै ७ लाख रुपैयाँदेखि २० लाखसम्म आम्दानी गर्नेले ७ लाख रुपैयाँसम्म वार्षिक ५४ हजार रुपैयाँ र ७ लाख ५० हजार रुपैयाँभन्दा बढीको आम्दानीमा थप ३० प्रतिशत कर लाग्नेछ।

२० लाख रुपैयाँभन्दा बढी आम्दानी गर्नेको हकमा २० लाख रुपैयाँसम्म वार्षिक ४ लाख ४४ हजार र २० लाख रुपैयाँभन्दा बढी आम्दानीको हकमा २० लाखसम्म लाग्ने करको दरमा थप २० प्रतिशत अतिरिक्त कर लाग्दा ३६ प्रतिशतका दरले कर तिर्नुपर्छ।

  • एकललाई कति आयकर ? 

 

  • दम्पत्ति हुनेले कति तिर्नुपर्छ कर ?

यसरी दम्पत्तिको हकमा ४ लाख ५० हजार रुपैयाँसम्म एक प्रतिशतका दरले कर तिनुपर्छ। ४ लाख ५० हजार रुपैयाँदेखि ५ लाख ५० हजार रुपैयाँसम्म आय गर्नेले ४ लाख ५० हजार रुपैयाँसम्म ४ हजार ५०० रुपैयाँ र सोभन्दा बढी आयमा थप दश प्रतिशत कर तिर्नुपर्छ।

यसैगरि ५ लाख ५० हजार रुपैयाँदेखि ७ लाख ५० हजार रुपैयाँसम्म आम्दानी गर्नेले वार्षिक १४ हजार ५०० रुपैयाँ र ५ लाख ५० हजार रुपैयाँभन्दा बढीको आम्दानीमा थप २० प्रतिशत कर लाग्नेछ ।

यस्तै ७ लाख ५० हजार रुपैयाँदेखि २० लाखसम्म आम्दानी गर्नेले ७ लाख ५० हजार रुपैयाँसम्म वार्षिक ५४ हजार ५०० रुपैयाँ र ७ लाख ५० हजार रुपैयाँभन्दा बढीको आम्दानीमा थप ३० प्रतिशत कर लाग्नेछ ।

२० लाख रुपैयाँभन्दा बढी आम्दानी गर्नेको हकमा २० लाख रुपैयाँसम्म वार्षिक ४ लाख २९ हजार ५०० रुपैयाँ र २० लाख रुपैयाँभन्दा बढी आम्दानीको हकमा थप २० प्रतिशत अतिरिक्त कर लाग्दा ३६ प्रतिशतका दरले कर तिर्नुपर्छ।

 

तर निवृत्तभरण बापतको आय र योगदानमा आधारित निवृत्तभरण कोषमा योगदान गर्ने प्राकृतिक व्यक्तिको आायमा भने आयकर ऐन २०५८ को अनुसूची १ को दफा १ बमोजिमको कर लाग्ने छैन।

राजधानी काठमाडौंको महङ्गी र आम्दानीलाई हेर्दा एक दम्पत्तिलाई कायम गरिएको ४ लाख ५० हजारको करको स्ल्याब निकै कम देखिन्छ।  करको स्ल्याबमा थोरै हुँदा आम्दानी भन्दा धेरै करको बोझले तल्ला तहदेखि माथिल्ला तहका कर्मचारीसम्मलाई  असर पर्दै आएको छ ।

  • क–कसले आयकर तिर्नुपर्छ ?

आयकर ऐन २०५८ अनुसार करयोग्य आम्दानी गर्ने वा आर्थिक लाभ प्राप्त गर्ने प्रत्येक प्राकृतिक व्यक्ति तथा निकायले कर तिर्नु अनिवार्य हुन्छ ।

प्रत्येक व्यक्तिले आय वर्ष समाप्त भएको तीन महिनाभित्र सो वर्षको आय विवरण सम्बन्धित निकायमा बुझाउनुपर्छ र सोही विवरण अनुसार कर तिर्नुपर्छ।

कुनैपनि व्यक्ति वा निकायले प्राप्त गरेको करयोग्य आम्दानीबाट सरकारलाई बुझाउनुपर्ने रकमलाई नै आयकर भनिन्छ । राज्य अनुसार करको दायरा र व्यवस्था फरक–फरक हुन सक्दछन् ।

नेपालमा आयकर ऐन २०५८ तथा आयकर नियमावली २०५९ मा गरिएको व्यवस्थाको आधारमा सरकारले कर लिँदै आएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।