अर्थमन्त्रीले प्रष्ट्याए : सांसदलाई ६ करोड बजेट दिनुको बाध्यता

May 30, 2019 Merolagani

अर्थमन्त्री डा. यूवराज खतिवडाले सांसदहरुलाई जनही ६ करोड रुपैयाँ निर्वाचन क्षेत्र विकास बजेट दिन औचित्य प्रष्ट्याएका  छन् । 

नयाँ बजेट सार्वजनिक गरेको भोलिपल्ट सिंहदरबारमा भएको पत्रकार सम्मेलनमा स्थानीय विकास साझेदारी कार्यक्रमलाई ६ करोड बजेट विनियोजनको बचाउ गर्दै उनले भने, जनप्रतिनिधिमुलुक व्यवस्थामा जनताको प्रतिनिधित्व गर्नेहरुको जायज मागलाई सुनिनु पर्छ । 

जनप्रतिनिधिलाई विकासबाट विमुख गराउँदा राम्रो सन्देश नजाने भएकाले पनि निर्वाचन क्षेत्र विकासको बजेट छुट्टाएको प्रष्टिकरण उनले दिए । 

अर्थमन्त्री खतिवडाले जनप्रतिनिधलाई बजेटबाट विमुख गर्न नहुने बताउँदै निर्वाचन क्षेत्रमा जाने बजेट सदुपयोग भयो भएन भनेर हेर्नुपर्नेमा जोड दिए। अर्थमन्त्रीले भने, “हामीले जनप्रतिनिधिमूलक व्यवस्था रोज्यौँ, जनप्रतिनिधिलाई विकाससँगै जोडेर चुनाव लड्यौँ । जनमतलाई प्रतिविम्बित गर्ने जनप्रतिनिधिले नै हो ।” जनप्रतिनिधिलाई विकासबाट विमुख गराउनु लोकतन्त्रमा ठीक नहुने उनको धारणा थियो ।

सरकारले आगामी आवको बजेटमा भौतिक पूर्वाधार, ऊर्जा, कृषि तथा पर्यटनलाई विशेष प्राथमिकतामा राखी बजेट विनियोजन गरिएको र त्यसले नेपाली जनताको समृद्धिको सङ्कल्पलाई पूरा गर्ने विश्वास व्यक्त गरे।
स्थानीय साझेदारी तथा पूर्वाधार विकास कार्यक्रमका लागि बजेटमा ६ करोडको दरले बजेट उपलब्ध गराउने व्यवस्था गरिएको छ । 

कतिपय ठूला आयोजनाको भुक्तानी र स्थानीय तहमा अनुदान शीर्षकहरुमा गएको रकम चालु खर्च तथा वित्तीय खर्चमा गाभिएकाले पनि बिकास बजेट कम देखिएको तर वास्तविक विकास बजेट ६ खर्ब हाराहारीमा रहेको अर्थमन्त्रीको भनाई छ । यस्तै दातृ निकायबाट शोधभर्ना लिनुपर्ने कागजात समयमा नै बन्न नसक्दा पनि कतिपय भुक्तानी रोकिएकोले चालु आर्थिक बर्षमा विकास खर्च ४४ प्रतिशत मात्र देखिएको उनको दावी छ ।

अर्थमन्त्री खतिवडाले आगामी आवमा पूँजीगत खर्च सुधार गर्न संरचनागत सुधारको प्रकृया अगाडि बढाइएको बताए । कतिपय कानुन निमार्णमा भएको ढिलाईले पनि चालु आर्थिक वर्षमा लक्षित राजश्व उठ्न नसकेको उनले स्वीकार गरेका छन् ।

मुलुकको सकारात्मक आर्थिक विकासका लागि सरकारले अनावश्यक आयातमा रोक लगाएको उनले स्पष्ट पारे । उनले ठूला उद्योगी व्यवसायीले ट्याक्स क्रेडिट लिन पाउँदा पनि आगामी वर्षको लक्षित राजश्व लक्ष्य हासिँल हुने उनको भनाई थियो।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।