सुनको मूल्य हालसम्मकै उच्च, दुई दिनमा दुई हजार बढ्यो

Jun 21, 2019 11:45 AM merolagani

सुनको मूल्य पुरानो रेकर्ड तोड्दै इतिहास कै नयाँ उचाईमा पुगेको छ । छापावाल सुनको मूल्यले शुक्रबार तोलाको ६५ हजार रुपैयाँ पुगेर नयाँ रेकर्ड बनाएको हो ।  अघिल्लो दिन विहीबार सुन प्रतितोला ६४ हजार रुपैयाँमा कारोबार भएको थियो ।

बिहीबार एकैदिनमा प्रतितोला एक हजार रुपैयाँ बढेको सुन शुक्रबार पनि एक हजार रुपैयाँले बढेको छ । दुई दिनको सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँ बढेको छ ।

तेजाबी सुन प्रतितोला ६४ हजार ७०० र चाँदी प्रतितोला ७४० रुपैयाँ पुगेको छ। अघिल्लो दिनको तुलनाका चाँदीको मूल्य समेत प्रतितोला दश रुपैयाँले बढेको हो ।

अन्तराष्ट्रिय बजारमा सुन महँगिएपछि त्यसको असर नेपालमा पनि देखिएको हो। अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १३९४ डलर पुगेको छ। यो पाँच ५ वर्ष यताकै उच्च बिन्दु हो ।

सरकारले सुनमा लाग्ने भन्सारदर वृद्धिले गरेकाले पनि सुन महङ्गो भएको व्यवसायीको भनाई छ ।

सरकारले आगामी आर्थिक वर्षको बजेटमा सुन चाँदीजस्ता बहुमूल्य धातुलाई बैंक निक्षेपको रुपमा राख्न सकिने व्यवस्था गरेको छ । यो व्यवस्थाले पनि सुन तथा चाँदीको भाउ बढ्न सहायोग पुगेको बताईन्छ । बजेट यता नै सुनको भाउ प्रतितोला ६ हजार रुपैयाँ बढीसकेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।