बीमा समितिले लागू गरेको एनएफआरएस प्रणाली अन्तर्गत कम्पनीले ठूलो रकम व्यवस्था तथा जगेडामा खर्चनुपर्ने भएपछि कम्पनीका शेयरधनीहरुको हात खाली हुने भएको हो।
कम्पनीले बीमा समितिले लागू गरेको नेपाल फाइनान्सियल रिर्पोटिङ्ग स्ट्याण्डर्ड(एनएफआरएस) अनुरुप नियमनकारी व्यवस्था बमोजिम खुद नाफा भएपनि जगेडा तथा व्यवस्थाहरु कायम गर्नुपर्ने भएकाले आर्थिक वर्ष २०७४/०७५ को मुनाफाबाट बोनस शेयर तथा नगद लाभांश प्रस्ताव नगरिएको प्रष्ट पारेको छ ।
शिखर इन्स्योरेन्स गत आर्थिक वर्ष २०७४/०७५ मा एनएफआरएस बमोजिमको वित्तीय विवरण अनुसार ४५ करोड ५५ लाख ७७ हजार ९२१ रुपैयाँ खुद मुनाफा आर्जन भएको उल्लेख छ । यस्तै बीमा समितिको वित्तीय विवरण सम्बन्धि निर्देशन अनुसारको वित्तिय विवरणमा भने कम्पनीको खुद नाफा ३९ करोड ९२ लाख ७४ हजार ७८२ रुपैयाँ रहेको छ ।
शिखर इन्स्योरेन्सको चुक्ता पूँजी एक अर्ब पाँच करोड तथा जगेडा कोषमा ४१ करोड ९ लाख छ सञ्चित छ ।
सञ्चालक समिति बैठकले बीमा समितिको वित्तीय विवरण सम्बन्धि निर्देशन बमोजिम वित्तीय विवरण र एनएफआरएस बमोजिमको वित्तीय विवरण बीमा समितिबाट स्वीकृत भएपश्चात कम्पनीले साधारण सभा आह्वान गर्नेछ ।