युनाइटेड इन्स्योरेन्सको हकप्रद स्वीकृत, बीमा समितिले तोकेको पूँजी पुग्ने

Jun 24, 2019 09:03 AM Merolagani

युनाइटेड इन्स्योरेन्स (UIC) को चुक्ता पूँजीको २४० प्रतिशत हकप्रद असार ८ गते आइतबार धितोपत्र बोर्डबाट स्वीकृत भएको छ। कम्पनी पूँजी वृद्धिका लागि चैत २९ गते हकप्रद निष्काशनको माग गर्दै धितोपत्र बोर्ड पुगेको थियो।

यससँगै इन्स्योरेन्सले हकप्रद निष्काशनका लागि बुकक्लोज निर्धारण गरि बढीमा दुई महिनाभित्रमा एक सय रूपैयाँ अंकित दरमा १० बराबर २४ कित्ताको अनुपातमा ७२ करोड ५७ लाख ६० हजार रूपैयाँ बराबरको ७२ लाख ५७ हजार ६०० कित्ता हकप्रद जारी गर्नेछ ।

बीमा समितिले तोकेको न्यूनतम चुक्ता पूँजी कायम गर्न कम्पनीले भारी मात्रामा हकप्रद बिक्री गरेर कायम गर्न लागेको हो ।।

हाल ३० करोड २४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्स कम्पनीको हकप्रद पश्चात एक अर्ब दुई करोड ८१ लाख ६० हजार रुपैयाँ पुग्नेछ। बीमा समितिले निर्जीवन बीमा कम्पनीहरुलाई न्यूनतम एक अर्ब रुपैयाँ चुक्ता पूँजी कायम गर्न निर्देशन दिएको थियो।

कम्पनीले जारी गर्ने हकप्रदलाई यस अघिनै केयर रेटिङ्गस् नेपालले ‘केयरएनपि आईपिओ ग्रेड ४’ रेटिङ्ग प्रदान गरिसकेको छ । यसले कम्पनीको आधारभुत पक्ष औसतमा भन्दा तल आधार रहेको जनाउँछ ।

डिसेम्बर १ १९९३ मा स्थापना भएको यस निर्जीवन बीमा कम्पनीको ३० वटा शाखा कार्यालय र १३७ इन्स्योरेन्स एजेण्ट,र २०१६ जुलाईसम्म एक अर्ब २७ करोड बराबरको सम्पत्ति रहेको छ । कम्पनीको सल्भेन्सी रेसियो ३.१२ रहेको छ । कुशल बोर्ड र व्यवस्थापन समूहका कारण ऋणात्मक जगेडा रहेको कम्पनीको जगेडा कोष हाल धनात्मक बनाउनु तथा लगानीबाट प्राप्त हुने आम्दानीमा वृद्धि हुँदै जानु सकारात्मक रहेको उल्लेख छ ।

उता कम्पनीको कुल र खुद बीमाशुल्क आर्जन घट्नु तथा करिब ८० प्रतिशत बीमालेखहरु गाडीमा मात्र केन्द्रीत रहनु कम्पनीको दुर्बल पक्ष रहेको बताइएको छ। नयाँ कम्पनी थपिएसँगै बढेको प्रतिस्पर्धा, र व्यवस्थापनमा छिटो छिटो भइरहने परिवर्तनले कम्पनीको समग्र वित्तीय प्रगतिमा असर गरेको र हाल रहेका २० निजीबन बीमा कम्पनीमध्ये १७ औं स्थानमा रहनुले पनि कम्पनीमा चुनौति पनि देखिन्छ। 

युनाइटेड इन्स्योरेन्सको शेयर असार ८ गते आइतबार धितोपत्रको दोस्रो बजारमा प्रतिकित्ता शेयरमूल्य ९०० रुपैयाँमा कारोबार भएको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।