इन्स्योरेन्सले सो प्रस्ताव सहित अन्य ७ वटा प्रस्ताव राखेर यहि असार ३० गते सोमबार वल्ड ट्रेड सेन्टर त्रिपुरेश्वरमा दिउँसो ४ बजे कम्पनीको प्रथम वार्षिक साधारण सभा बोलाएको छ।
सभामा कम्पनी नियमावलीको नियम २४(२) मा संसोधन गर्ने तथा उक्त संसोधनमा कम्पनी रजिष्ट्रारको कार्यालय, बीमा समिति वा नियामक निकायबाट आएको निर्देशन अनुरुप आवश्यक संसोधन तथा परिमार्जन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, संस्थापक शेयरधनीहरुको ततर्फबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालक निर्वाचन गर्ने, आर्थिक वर्ष २०७४/०७५ को वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब, एनएफआरएस प्रतिवेदन, सञ्चालकहरुको बैठक भत्ता वृद्धि तथा आव २०७५/०७६ का लागि लेखापरिक्षक नियुक्ति र पारिश्रमिक निर्धारण लगायतका प्रस्ताव उपर छलफल गरि पारित गर्ने एजेण्डा साधारण सभामा रहेका छन्।
अजोड इन्स्योरेन्स गत वर्ष देखि मात्रै सञ्चालनमा आएको नयाँ निर्जिवन बीमा कम्पनी अजोड इन्स्योेन्सलेजारी पूँजीको ३० प्रतिशत हिस्सा सर्वसाधारणमा जारी गर्न बाँकी नै रहेको छ ।
बीमा समीतिले निर्जिवन बीमा कम्पनीले न्यूनतम एक अर्ब रुपैयाँ चुक्ता पूँजी पुर्याउन निर्देशन दिएको छ। हाल संस्थापकबाट ७० प्रतिशत हिस्सा बराबरको ७० करोड रुपैयाँ चुक्ता भैसकेको कम्पनीले ३० करोडको साधारण शेयर जारी गरेर बीमा समिति तोके अनुसारको चुक्ता पूँजी पुर्याउन लागेको हो ।
इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा एक करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।