सुनको यो मूल्य हालसम्मकै उच्च हो । छापावाल सुनको मूल्यले मंगलबार तोलाको ६५ हजार पाँच सय रुपैयाँ पुगेर नयाँ रेकर्ड बनाएको हो । अघिल्लो दिन सोमबार सुन प्रतितोला ६५ हजार रुपैयाँमा कारोबार भएको थियो ।
मंगलबार एकैदिनमा प्रतितोला पाँच सय रुपैयाँ बढेको सुनको मूल्य पछिल्लो एक महिनामा ६ हजार रुपैयाँले बढेको छ । एक महिना अगाडि सुनको मूल्य प्रतितोला ५९ हजार ६ सय रुपैयाँ थियो ।
मंगलबार तेजाबी सुन प्रतितोला ६५ हजार २०० र चाँदी प्रतितोला ७४० रुपैयाँ पुगेको छ। अघिल्लो दिनको तुलनाका चाँदीको मूल्य भने यथावत रहेको छ ।
अन्तराष्ट्रिय बजारमा सुन महँगिएपछि त्यसको असर नेपालमा पनि देखिएको हो। सरकारले सुनमा लाग्ने भन्सारदर वृद्धिले गरेकाले पनि सुन महङ्गो भएको व्यवसायीको भनाई छ ।
सरकारले आगामी आर्थिक वर्षको बजेटमा सुन चाँदीजस्ता बहुमूल्य धातुलाई बैंक निक्षेपको रुपमा राख्न सकिने व्यवस्था गरेको छ । यो व्यवस्थाले पनि सुन तथा चाँदीको भाउ बढ्न सहायोग पुगेको बताईन्छ । बजेट यता नै सुनको भाउ प्रतितोला ६ हजार रुपैयाँ बढीसकेको छ ।