आफ्नो ग्राहकहरुलाई बीमा सेवाकाअतिरिक्तदेशको सम्पुर्ण प्रदेशहरुमा अन्य सेवा सुविधा विस्तार गर्ने क्रममा सो सम्झौता गरिएको कम्पनीले जनाएको छ ।
उक्त सम्झौतामा ज्योतिलाईफ इन्स्योरेन्समा आबद्ध निश्चत मापदण्ड पूरा गरेका ग्राहक, अभिकर्ता, कर्मचारी तथा शेयरधनीहरुलाई विशेष कार्ड जारी गरिने र उक्त कार्डबाहक तथा निजका परिवारका सदस्यहरुले अस्पतालबाट उपलब्ध हुने उच्चस्तरिय स्वास्थ्य उपचार सेवामा विशेष छुट प्राप्त गर्नेछन्।
सम्झौता पश्चात जनकपुर लगायत आसपासका कम्पनीसँग आबद्ध सम्पूर्ण महानुभावहरु लाभान्वित हुने विश्वास कम्पनीले गरेको छ। सम्झौतापत्रमा ज्योाति लाईफइन्स्योरेन्स कम्पनीका कार्यकारी उप–प्रमूख प्रकाश बिक्रम खत्री र समर अस्पतालका प्रबन्ध निर्देशक डा. सुजित यादवले हस्ताक्षर गरेका थिए।