बजार खुलेको केहि समयमानै कम्पनीको शेयरमूल्य ९.९५ प्रतिशत अर्थात ४२ रुपैयाँले बढेर प्रतिकित्ता ४६४ रुपैयाँ पुगेको छ ।
पौने १ बजे कम्पनीको मार्केट डेप्थ हेर्दा १२ हजार २ सय कित्ता शेयर खरीदको माग देखिएको छ भने लगानीकर्ताले शेयर बिक्रीको लागि कुनै अर्डर राखेका छैनन् ।
कम्पनीको शेयरको अत्याधिक माग रहेको बेला शेयर बिक्रीको लागि कुनै लगानीकर्ता नआउदा कम्पनीको शेयरमा सर्किट लागेर झण्डै १० प्रतिशतले बढेको हो । कम्पनीले केहि महिना अघि आइपिओ जारी गरेको थियो ।