माथिल्लो तामाकोशीमा अर्को सफलता, ठाडो सुरुङमा पेनस्टक पाइप जडान सम्पन्न

Jun 27, 2019 09:51 AM RSS

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनालाई अर्को सफलता मिलेको छ। माथिल्लोे ठाडो सुरुङमा पेनस्टक पाइप जडानका लागि पाइप जोडिएको छ। एउटा पाइप माथिबाट तल सफलतापूर्वक पु¥याएसँगै जडान कार्य पनि शुरु भएको छ। लामो समयको प्रयासपछि अत्यन्तै जटिल र चुनौतीपूर्ण ठाडो सुरुङको दुवैमा पाइप जडान शुरु भएको हो।

मङ्गलबार माथिल्लो ठाडो सुरुङमा साढे दुई मिटर लम्बाइ र नौ टन तौल भएको पाइप ३५ टन तौल क्षमताको क्रेनबाट दुई घण्टामा माथिबाट तल झारेको आयोजनाका प्रवक्ता डा गणेश न्यौपाने जानकारी दिए। तल्लोभन्दा माथिल्लो क्रेनको गति निकै छिटो भएको उनले बताए। यसको गति सात मिटर प्रतिमिनेट रहेको उनले जानकारी दिए। 

मङ्गलबार दिउँसो माथिल्लो ठाडो सुरुङको पहिलो पाइप झार्न काम आयोजना प्रमुख दिनेशजङ्ग राणा, पावरहाउस तथा मेकानिकल महाशाखा प्रमुख नारायण जैसी तिवारी, इलेक्ट्रिकल महाशाखा प्रमुखतलगायतको उपस्थितिमा भएको आयोजनाका प्रवक्ता डा. न्यौपानेले जानकारी दिए।

दश दिनअघि तल्लो सुरुङमा पाँच मिटर लम्बाइ र २८ टन तौल भएको पहिलो पाइप राख्न सात घण्टा लागेको थियो । “तल्लो खण्डको तुलनामा माथिल्लोको गति छिटो नै होे”, उहाँले भन्नुभयो, “पाइप जडानकै कारण आयोजनाबाट विद्युत् उत्पादन जटिल बन्दै गएकोमा अब सफलता मिल्नेमा आशावादी बनेका छौँ ।”

माथिल्लो ठाडो सुरुङमा पाइप झारेपछि पुछारमा रहेको बेण्ड पेनस्टक पाइप मिलाउने, वेल्डिङ गर्ने र त्यसपछि कङ्क्रिट गरिने आयोजनाले जनाएको छ । त्यसपछि अर्को पाइप जडान शुरु हुनेछ । माथिल्लो पेनस्टक साफ्ट ३१० मिटरको छ ।

पहिलो पाइप सफलतापूर्वक राखिएकाले तल्लो ठाडो सुरुङमा पाइप राख्ने विषयमा रहेको अन्योल हटेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले जनाएको छ ।
पेनस्टक पाइप आपूर्ति तथा जडानको ठेक्का पाएको भारतीय कम्पनी टेक्स्म्याकोले काम गर्न ढिलाइ गरेपछि तल्लो ठाडो सुरुङमा पाइप जडानको जिम्मा इलेक्ट्रोमेकानिकल ९लट ३०को ठेकदार अष्ट्रियन कम्पनी एन्ड्रिज हाइड्रोलाई दिइएको छ ।

अपर तामाकोशी हाइड्रोपावर लिमिटेड, टेक्सम्याको र एन्ड्रिजबीच गत २३ पुसमा आयोजनालाई थप वित्तीयभार नपर्ने गरी यो काम गर्न त्रिपक्षीय सम्झौता भएको थियो । तर माथिल्लो साफ्टको ३१० मिटरको पाइप जडानकार्य भने भारतीय कम्पनी (लट २) कै टेक्सम्याको रेल्वे एण्ड इञ्जिनीयरिङले नै गर्दै आएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।