घोडीघोडा लघुवित्तको आईपीओ असार २० गतेदेखि

Jun 27, 2019 10:41 AM Merolagani

घोडीघोडा लघुवित्त वित्तीय संस्थाको आईपीओ असार २० गतेदेखि निष्काशन खुला हुने भएको छ। लघुवित्तले जारी पूँजीको ४८ प्रतिशत बराबरको सार्वजनिक निष्काशन गर्न लागेको हो।

लघुवित्त कम्पनीले प्रभु क्यापिटलको बिक्री प्रबन्धकत्वमा प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरमा एक करोड ३२ लाख ६० हजार रुपैयाँ बराबरको एक लाख ३२ हजार ६०० कित्ता शेयर निष्काशन गर्न लागेको हो।

कूल निष्काशनमा आउने आईपीओमध्ये एक हजार ३८० कित्ता शेयर लघुवित्तका कर्मचारीलाई र ६ हजार ६३० सामुहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ । एक लाख २४ हजार ५९० कित्ता शेयर सर्वसाधारणमा बिक्री खुला हुनेछ ।

लगानीकर्ताले धितोपत्र बोर्डबाट सिआश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका सम्पूण कार्यालष्य तथा मेरोशेयरबाट समेत आवेदन दिन सक्नेछन्। उक्त आईपीओमा न्यूनतम १० कित्ताका लागि एक हजार रुपैयाँदेखि एक हजार कित्ताको लागि एक लाख रुपैयाँसम्मको आवेदन दिन सक्नेछन्। आईपीओमा आवेदन दिने अन्तिम दिन असार २५ गते बुधबारसम्म रहेको छ।

लघुवित्तको आईपिओ कूल आवेदकको पाँच प्रतिशत आवेदकले मात्रै गोलाप्रथाबाट प्राप्त १० कित्ता प्राप्त गर्ने हुँदा एक हजारको आवेदन नै उपयुक्त देखिन्छ। आईपीओ १२ हजार ४५९ जना आवेदकले मात्र पाउनेछन्।

घोडाघोडीको अधिकृत पूँजी १० करोड, जारी पूँजी २ करोड १२ लाख ५० हजार र चुक्ता पूँजी एक करोड १० लाख ५० हजार छ। कञ्चनपुरमा केन्द्रीय कार्यालय भई कैलाली र कञ्चनपुर जिल्लाका ६ वटा शाखाबाट कारोबार गर्दै आएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।