राष्ट्र बैंकले बिहीबार १५ अर्ब रुपैयाँको रिपो जारी गर्दै

Jun 27, 2019 12:10 PM Merolagani

वित्तीय बजारमा तरलता समस्या आउन नदिन राष्ट्र बैंकले बिहीबार १५ अर्ब रुपैयाँको रिपो जारी गर्ने भएको छ । केन्द्रीय बैंकले ७ दिन अवधिको उक्त रिपो जारी गर्न लागेको हो।

राष्ट्र बैंकले जारी गर्ने उक्त रिपोमा “क” वर्गका वाणिज्य बैंक, “ख” वर्गका विकास बैंक र “ग” वर्गका फाइनान्स कम्पनीहरुले आवेदन गर्न सक्नेछन्।

राष्ट्र बैंकको रिपोमा बैंक तथा वित्तिय संस्थाहरुले ५ प्रतिशतभन्दा बढि ब्याजदर अंकित गरी आवेदन गर्न सक्नेछन । ५ प्रतिशत भन्दा कम ब्याजदर अंकित गरी गरीएको आवेदन रद्ध हुने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले उक्त रिपो असार १९ गते परिपक्क हुनेछ। वित्तीय बजारमा तरलता समस्या सामाधान गर्न राष्ट्र बैंकले समय समयमा यस्तो रिपो जारी गर्ने गर्दछ ।

रिपो बिहीबार नै अपराह्न ३ बजे बोलकबोल गरेर जारी हुने राष्ट्र बैंकले जनाएको छ । रिपोको ब्याजदर पाँच प्रतिशत तोकिएको छ ।

बैंक तथा वित्तीय संस्थाहरुमा बैंकिङ्ग प्रणालीमा तरलता रकम अभाव देखिएमा राष्ट्र बैंकले अल्पकालीन अवधिको तरलता प्रवाह गर्न रिपो जारी गर्ने गर्दछ । यस्तै अधिक रकम भएमा रिर्भस रिपो मार्फत तरलता खिच्ने गर्दछ ।

राष्ट्र बैंकले रिपो मार्फत प्रवाह गरेको रकमले बैंकहरुमा देखिएको कर्जायोग्य लगानी रकमको अभावलाई भने सम्बोधन गर्दैन । यसबाट लिने रकमले बैंकहरुलाई आन्तरिक नगद प्रवाह गर्न र अन्तर बैंक ब्याजदर तल झार्न भने सहयोग पुग्छ ।

रिपो मार्फत लिने तरलताले बैंकहरुले अनिवार्य मौज्दात कायम गर्नुपर्ने २० प्रतिशतभित्रै पर्ने रकम भएकाले बैंकहरुलाई आन्तरिक नगद प्रवाह गर्न (ठूलो रकमहरुको भुक्तानी) र बैंकको सिआरआर अनुपात कायम गर्न मात्र उपयोगि हुन्छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।