अपर तामाकोशीको बुधबार स्थगित साधारण सभा असार ३१ गते हुने

Jun 27, 2019 02:16 PM Merolagani

अपर तामाकोशी हाइड्रोपावरको बुधबार स्थगित ११ औं साधारणसभा असार ३१ गते मात्र हुने भएको छ। हाइड्रोपावरको प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले सञ्चालक समिति बैठकले असार मसान्तमा साधारण सभाको मिति तय गरेको जानकारी दिए।

श्रेष्ठका अनुसार शुक्रबार सम्पूर्ण सेयरधनीलाई सूचना प्रकाशन गरेर साधारण सभाको विस्तृत जानकारी दिन लागिएको छ। गणपुरक संख्या नपुगेपछि आसर ११ गते बुधबार स्थगन गरिएको कम्पनीको साधारण सभा बुधबार अर्को सातामा नै बोलाउने बताईपनि स्थान अभाव देखाउँदै असार मसान्त पुर्याइएको हो। 

कम्पनी नियमावलीमा रहेको व्यवस्था अनुसार ६७ प्रतिशत सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व जनाउनुपर्ने व्यवस्था रहेकाले बुधबारको सभा स्थगन भएको थियो। बुधबार ५१ प्रतिशत संस्थापक र ५६ प्रतिशत मात्रै सर्वसाधारण शेयरधनी उपस्थित भएका थिए।

बुधबारको साधारण सभा स्थगित भएपछि संचालक समितिका अध्यक्ष तथा विद्युत प्रधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्गले ६७ प्रतिशत गणपूरक संख्या पुर्याउन गाह्रो हुने बताउँदै कम्पनीको नियमावली संशोधन नगरेसम्म कहिल्यै पनि साधारण सभा सञ्चालन गर्नै नसकिने बताएका थिए।

यसअघि आयोजना निमार्ण स्थल विगु गाउँपालिकाका अध्यक्ष युधिष्ठिर खड्काले माथिल्लो तामाकोशी जलविद्युत आयोजना र जिल्ला समन्वय समितिलाई बोधार्थ पत्र लेख्दै साधारण सभा स्थगन गर्न माग गरेका थिए ।

राष्ट्रिय गौरवको आयोजनाका लागि आवश्यक पर्ने हरेक समस्याको समाधानको लागि पुलको काम गर्दै आएकोमा जलविद्युत कम्पनीले भने गाँउपालिकालाई औपचारिक रुपमा लिखित जानकारी नगराई साधारण सभा गर्न लागेकोमा दुख ब्यक्त गर्दै खड्काले साधारणसभा रोक्न माग गरेका थिए। आयोजनाले गाउँपालिकालाई साधारण सभाको ३ दिन अगाडि मात्रै मौखिक रुपमा जानकारी दिएको थियो। 

यससँगै अगामी साधारणसभामा ४ जना सञ्चालक निर्वाचनसँगै कम्पनीको निर्वाचन नियमावलीसमेत संशोधन गरि गणपुरक संख्या ५१ प्रतिशत कायम गर्ने प्रस्ताव गरिने भएको छ ।

आठ लाख १८ हजार शेयरधनी रहेको उक्त कम्पनीमा चार जना सञ्चालकको निर्वाचनका लागि तीन महिला सहित १२ जनाले उम्मेदवारी दिएका छन्।

राष्ट्रिय गौरवको रुपमा निमार्णधिन ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजना निर्माण लागत दोब्बर पुग्नेछ भएको छ। उर्जामन्त्री सहित आयोजना प्रमुखहरुले निरन्तर निरीक्षण गरेपनि आयोजनाको समयावधि लम्बिदाँ निमार्ण लागत ३५ अर्बबाट बढेर ७० अर्ब माथि पुग्ने भएको हो।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।