मौद्रिक नीति असार २७ गते ल्याउने तयारी

Jun 27, 2019 02:43 PM Merolagani

नेपाल राष्ट्र बैंकले  आर्थिक वर्ष २०७६/०७७ को मौद्रिक नीति असार २७ गते ल्याउने तयारी गरेको छ। राष्ट्र बैंकका अनुसन्धान विभागका कार्यकारी निर्देशक गुणाकर भट्टको नेतृत्वमा मौद्रिक नीति तयार पारिँदै छ।

राष्ट्र बैंकले मौद्रिक नीति कस्तो तयार पार्ने भन्ने विभिन्न सरकारवाला निकायहरूसँगको छलफललाई सघन बनाएकाे छ।

मौद्रिक नीतिमा आफना कुरा समावेश गराउन बैंक तथा वित्तीय संस्था, उद्योगी, व्यापारी, लगानीकर्ता सबैले राष्ट्र बैंकलाई सुझाब लिखित रूपमा प्रस्तुत गरिसकेका छन् ।

यस वर्षको मौद्रिक नीतिमा मर्जरको विषयले बैंक तथा वित्तीय संस्थाहरूलाई तताएको छ । बिहीबार आयोजित बैंकका अध्यक्ष तथा कार्यकारी प्रमुखहरूको बैठकमा गर्भनर चिरन्जीवि नेपालले असार २७ गते मौद्रिक नीति आउने भएकाले २६ गते भित्रमा मर्जरमा जाने प्रस्ताव केन्द्रिय बैंकका पेश गर्न बैंकका अध्यक्ष तथा कार्यकारीहरूलाइ सुझाएका छन्।

मर्जरमा जाने बैकहरूको प्रस्ताव हेरेर राष्ट्र बैंकले सेवा र सहुलियतहरू घोषणा गर्ने तयारी गरेकाे छ। बैकर्सहरूले मर्जरमा जाँदा विभिन्न सहुलियतका माग गरेपनि राष्ट्र बैंकले कस्ताे सहुलियत दिन सकिने भनेर  जानकारी दिएको छैन।

बजेटमा उल्लेख भएको ८.५ को आर्थिक वृद्धि र ६.५ प्रतिशतको मुद्रास्फिति दरलाई आधार मानेर मौद्रिक नीति तय हुने बताइएको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।