आठ ब्रोकर कम्पनीले पाए मार्जिन कारोबारको अनुमति

Jun 27, 2019 03:56 PM merolagani

नेपाल स्टक एक्सचेन्जले लामो समयदेखि मार्जिन कारोवारका लागि आवेदन दिएका ८ वटा ब्रोकर कम्पनीलाई बिहीबार अन्तिम स्वीकृती दिएको छ। आवश्यक प्रकृया पूरा गरेका ती कम्पनीहरूलाई नेप्सेले बिहीबार मार्जिन कारोबारका लागि अनुमतिपत्र प्रदान गरेको हो। 

यो सँगै ती ब्रोकर कम्पनीहरूले शेयर कर्जा धितो राखेर मार्जिन सेवा उपलव्ध गराउन सक्नेछन्।

उच्चस्तरीय कार्यदलले सुझाव दिए बमोजिम लगानीकर्ताका लामो समयदेखिको माग सम्वोधन गर्ने क्रममा नेप्सेले मार्जिन सुविधा उपलव्ध गराएको हो ।

मार्जिन कारोबारका लागि नेप्सेबाट स्वीकृति पाउनेमा ब्रोकर कम्पनीहरूमा क्रिस्टल कंचनजंगा सेक्युरिटिज, भिजन सेक्युरिटिज, नेपाल स्टक हाउस, सेक्युर्ड सेक्युरिटिज, श्री कृष्ण सेक्युरिटिज, प्राइमो सेक्युरिटिज, कोहिनुर सेक्युरिटिज र दिपशिखा सेक्युरिटिज रहेका छन्।

अन्य ३ ब्रोकर कम्पनीले मार्जिन कारोबारका लागि राष्ट्र बैंकबाट स्वीकृति पाइसकेको भए पनि ती कम्पनीले हालसम्म पनि नेप्सेमा निवेदन दिएका छैनन्।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।