शेयर कारोबारमा सुधार आए पनि बढेन बजार, मौद्रिक नीति कुर्दै शेयरलगानीकर्ता

Jun 27, 2019 04:11 PM merolagani

पछिल्लो केहि दिन यता शेयर कारोबारमा क्रमश सुधार आउन थालेपनि नेप्से सूचक भने बढ्न सकेको छैन । साताको अन्तिम दिन विहीबारको बजारमा नेप्से सूचक एक अंक बढीले ओरालो लाग्दा कारोबार रकम भने बढेर पौने ६३ लाख पुगेको छ ।

नेपाल रा«ष्ट बैंकले आगामी मौद्रिक नीतिको अन्तिम तयारी गरिरहेका बेला लगानीकर्ताको ध्यान मौद्रिक नीति तर्फ मोडिएको छ । विग मर्जरको चर्चा चुलिदै गर्दा शेयर लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा देखिएका छन् ।

 

नेप्सले ब्रोकर मार्फत मार्जिन कारोबार सेवा उपलब्ध गराउने भएपनि यसले पनि लगानीकर्तालाई आर्कषित गर्न सकेन । विहीबार नेप्सेले आठ ब्रोकर कम्पनीलाई मार्जिन कारोबार सुविधा उपलब्ध गराउन अनुमति दिएको छ ।

बिहीबार नेप्से सूचक १.१४ अंकले ओरालो लागेर १२५७.१५ अंकमा झरेको छ । १७२ वटा कम्पनीको कारोबार भएको बजारमा ६२ करोड ७९ लाख बराबरको कारोबार भयो । यसदिन ६१ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ७९ वटाको शेयर मूल्यमा गिरावट आएको छ।

कारोबारमा आएका ११ उपसमुहमध्य ४ वटा उपसमुह सकारात्मक देखिए भने बाँकि ७ वटा उप समुह नकारात्मक देखिए । सो दिन निर्जिवन बीमा कम्पनी सबैभन्दा धेरै १.९७ प्रतिशतले घट्दा होटल समुह सबैभन्दा धेरै ०.८७ प्रतिशतले बढेको छ । बाणिज्य बैंक, होटल, फाइनान्स र अन्य सूचक हरियो देखिए पनि बाँकी सूचक घटेका छन्।

हिमालयन डिष्टिलरीको बिहीबार पनि सबैभन्दा बढि झण्डै १५ करोड रुपैयाँ बराबरको शेयर कारोबार भयो । त्यस्तै नेपाल बैंकको ५ करोड रुपैयाँ बराबरको शेयर कारोबार भयो भने प्रभु बैंकको पनि ३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भयो । बिहिबार अधिकतम कारोबार गर्ने १० कम्पनीमा ७ वटा वाणिज्य बैंक रहेका छन ।

यस दिन मल्टिपर्पस फाइनान्सको शेयरको माग अत्याधिक हुँदा मुल्यमा सर्किट लागेको छ । फाइनान्सको शेयरमुल्य सबैभन्दा धेरै ९.१५ प्रतिशतले बढेर ११९ रुपैयाँपुगेको छ । त्यस्तै नेपालएग्रो लघुवित्तको शेयरमुल्य झण्डै ८ प्रतिशतले बढ्यो भने एशियन लाइफ इन्स्योरेन्स र रिडि हाइड्रोपावरको शेयरमुल्य पनि ३ प्रतिशतभन्दा धेरैले बढ्यो ।

त्यसैगरी बुधबार आइएमई जनरल इन्स्योरेन्सको शेयरमुल्य सबैभन्दा धेरै ४.७५ प्रतिशतले घट्यो भने पाँचथर पावर स्पर्श लघुवित्त, कालिकापावर र आँखुखोला हाइड्रोपावरको शेयरमुल्यपनि ४ प्रतिशतभन्दा धेरैले घट्यो । त्यस्तै कारोबारमाआएकाअन्य ६ वटा कम्पनीको शेयरमुल्य ३ प्रतिशतभन्दा धेरैले घटेको छ ।

 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।