कामना सेवा बैंककोे ९७ औं शाखा कास्कीको पुरुन्चौरमा

Jul 23, 2019 06:01 PM Merolagani

कामना सेवा विकास बैंकले साउन ६ गते आफ्नो ९७ औ शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको छ। गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले उक्त शाखाको कारोबार शुभारम्भ गरेका थिए।

बैंकिङ्ग पहुँच नपुगेका ग्रामीण क्षेत्रहरुमा समेत आफ्नो सेवा विस्तार गर्दै जाने उदेश्य अनुरुप गण्डकी प्रदेश अन्तर्गत पोखरा महानगरपालिकावडा नं. १९ स्थित पुरुन्चौरमा शाखा विस्तार गरेको हो।

कारोबार शुभारम्भ समारोहमा बैंकका सञ्चालकहरु चतुराखर अधिकारी, देव कृष्ण काफ्ले, बलराम बराल तथा गण्डकी प्रदेश प्रमुख टुबराज वास्तोला लगायत स्थानीयवासीहरुको उपस्थिति रहेको थियो।

यस बैंकले व्यवसाय विस्तारको क्रममा नवीनतम प्रोडक्टहरु तथा बृहत शाखा सञ्जाल मार्पmत आफ्ना ग्राहकहरुलाई उच्चस्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै आएको जानकारी गराइएको थियो।

काठमाडौं–३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ९७ वटा शाखा तथा ४५ वटा एटीएम मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।