सानिमा माइको अघिल्लो आर्थिक वर्षको तुलनामा खुद नाफा पनि ४ करोड २८ लाख रुपैयाँले घटेर गत आर्थिक वर्षको चौंथो त्रैमाससम्ममा २३ करोड ४६ लाख ६४ हजार रुपैयाँ खुद नाफा कमाएको छ।
हाइड्रोपावरले विद्युत बिक्री बापत ७२ करोड ४१ लाख ३६ हजार आम्दानी गरेको छ। गत आवमा कम्पनीले सानिमा माईबाट ५५ करोड ३० लाख र माई क्यास्केडबाट १७ करोड २६ लाख कमाएको हो।
अघिल्लो आर्थिक वर्षको तुलनामा हाइड्रोको विद्युत बिक्रीबाट हुने आम्दानीमा झण्डै ६ करोड ५५ लाख रुपैयाँको गिरावट आएको छ। अघिल्लो आवमा कम्पनीले विद्युत बिक्रीबाट ७८ करोड ९६ लाख ७९ हजार रुपैयाँ आम्दानी गरेको थियो। पछिल्लो त्रैमासमा कम वर्षात भएपश्चात आम्दानी घटेको कम्पनीले जनाएको छ।
अघिल्लो आर्थिक वर्षमा ८ करोड ३७ लाख रुपैयाँ व्याज आम्दानी गरेको हाइड्रोले गत आर्थिक वर्षमा घटेर ५ करोड २५ लाख रुपैयाँ आम्दानी गरेको छ। त्यसैगरी प्रशासनिक तथा प्लाण्ट सञ्चालन खर्च र फाइनान्सियल शुल्कमा खर्च कटौती गरेको छ। अघिल्लो आवमा २० करोड ८ लाखको प्रशासनिक तथा प्लाण्ट सञ्चालन खर्च १८ लाख १९ हजार र ३० करोड ५४ लाखको फाइनान्सियल शुल्क २७ करोड ८७ लाखमा झरेको हो।
हाइड्रोले गत आर्थिक वर्षमा विद्युत प्राधिकरणबाट १० करोड ३५ लाख प्राप्त गरेको छ भने १८ करोड ७ लाख प्राप्त गर्न बाँकी छ ।
दश प्रतिशत बोनस बितरण गरेर चुक्ता पूँजी २ अर्ब ३२ करोड १० रुपैयाँ पुर्याएको हाइड्रोको रिटेर्न अर्निङ्ग र अन्य जगेडा गरि कूल जगेडा कोषको आकार ५५ करोड ९१ लाख रुपैयाँबाट घटेर समीक्षा अवधिमा ५३ करोड ८४ लाख रुपैयाँमा झरेको छ। हाइड्रोको प्रतिशेयर नेटवर्थ १२३ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात २२.४५ गुणा छ ।