वर्ल्ड मर्चेन्टको खुद नाफामा उच्च गिरावट

Aug 23, 2019 03:58 PM Merolagani

वर्ल्ड मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स (WMBF) को गत आर्थिक वर्षको खुद नाफामा उच्च गिरावट देखिएको छ। चौंथो त्रैमाससम्म फाइनान्सले ४८ लाख ९३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको यहीँ अवधिको तुलनामा ५ करोड ५५ लाख ३७ हजार रुपैयाँ कम हो। 

अघिल्लो आवमा फाइनान्सले ६ करोड ४ लाख ३१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। 

नेपाल राष्ट्र बैंकको समस्याग्रस्त संस्थाको सूचीबाट हालै मात्र फुकुवा भएको फाइनान्सको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेसँगै खुद नाफामा उच्च गिरावट देखिएको हो। 

फाइनान्सले चौंथो त्रैमाससम्म ७० लाख ६९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यो गत आवको तुलनामा ४ करोड १९ लाख ८८ हजार रुपैयाँले कम हो । अघिल्लो आवमा फाइनान्सले ४ करोड ९० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।

यस अवधिमा फाइनान्सले ७ करोड ५२ लाख निक्षेप संकलन र १७ करोड ६२ लाख रुपैयाँ बराबरको कर्जा परिचालन गरेको छ।

चुक्ता पूँजी २६ करोड ५६ लाख रुपैयाँ रहेको फाइनान्सले जगेडा कोषमा १४ करोड १६ लाख रुपैयाँ सञ्चित गरेको छ। फाइनान्सको शेयरधनी कोष ३१ करोड २५ लाख रुपैयाँ नोक्सानीमा छ।

फाइनान्सको निष्क्रिय कर्जा अनुपात शतप्रतिशत रहेको छ। यस अवधिमा फाइनान्सको प्रतिशेयर आम्दानी ३१ रुपैया १२ पैसाले घटेर १ रुपैयाँ ८४ पैसामा झरेको छ भने मूल्य आम्दानी अनुपात ५४.८९ गुणा छ। फाइनान्सको प्रतिशेयर नेटवर्थ २५ रुपैयाँ ४९ पैसाले ऋणात्मक रहेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।