खुल्लामा उपसचिव र सहसचिव निकाले पहिलेको सेवा अवधिको सेवा गणना नहुने

Sep 06, 2019 06:12 PM rss

 निजामती सेवामा रहेका कर्मचारीले उपसचिव र सहसचिवमा खुल्लामा प्रतिस्पर्धा गर्न चाहेमा उनीहरुको पहिलेको सेवा अवधिको गणना नहुने भएको छ ।

प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिमा भइरहेको सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा प्रतिवेदनमाथिको छलफलमा उक्त प्रावधान राख्ने विषयमा सहमति भएको हो ।

राजपत्राङ्कित द्वितीय श्रेणी (उपसचिव) र प्रथम श्रेणी (सहसचिव) को हकमा १० प्रतिशत खुल्ला, १० प्रतिशत अन्तरतह खुल्ला प्रतिस्पर्धा, १० प्रतिशत आन्तरिक प्रतिस्पर्धा र ७० प्रतिशत कार्यक्षमता र ज्येष्ठताका आधारमा बढुवा हुनेछ ।

निजामती सेवाभन्दा बाहिरका विशिष्ट क्षमता भएका प्रतिभाशाली व्यक्तिलाई उपसचिव र सहसचिवमा प्रवेश गराउनका लागि खुल्ला प्रतिस्पर्धाको व्यवस्था गरिएको हो ।

सदस्य नवराज सिलवालले भने, “यसको खास ‘स्पिरिट’ भनेको ९० प्रतिशत भित्रकै कुरा हो, १० प्रतिशत न्यूनतम बाहिरबाट ‘फ्रेस’, ‘इनोभेटिभ’, ‘क्रिएटिभ’, नयाँ ‘ब्रेन पावर’ भएको, ‘इन्टलिजेन्स’ मान्छे आओस् र निजामतीलाई अझ परिस्कृत बनाउन सकियोस् भन्ने ऐनको ध्येय हो ।

निजामती सेवामा रहेका व्यक्तिलाई त्यस्तो परीक्षामा सहभागी हुन पाउने अवसर दिए पनि परीक्षा उत्तीर्ण भएमा त्यस अघिको सेवाअवधि गणना नगर्ने व्यवस्था राखिएको छ ।

राजपत्राङ्कित तृतीय श्रेणी ९शाखा अधिधृत० मा पनि ७० प्रतिशत खुल्ला, १० प्रतिशत अन्तरतह र १० प्रतिशत कार्यमूल्याङ्कनका आधारमा हुने प्रावधान राख्ने विषयमा सहमति भएको छ ।

राजपत्र अनङ्कित श्रेणीविहीन पाँचौँ तहका सबै पद खुल्ला प्रतियोगिताबाटै लिने, राजपत्र अनङ्कित द्वितीय श्रेणी ८० प्रतिशत खुल्ला र २० प्रतिशत अन्तरतह प्रतियोगिता, राजपत्र अनङ्कित प्रथम श्रेणी ५० प्रतिशत खुल्ला, ५० प्रतिशत कार्यक्षमताका आधारमा बढुवाका आधारमा हुने व्यवस्था राख्न सहमति भएको छ ।

श्रेणीविहीन कार्यालय सहयोगी र सवारी चालकलाई स्थायी बनाउने कि नबाउने भन्ने विषयमा भने समितिमा मतैक्य हुन सकेको छैन, बरु एउटै दलका सदस्यबीचमा पनि मत बाझिएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।