सनराइज बैंकले बढाएर प्रस्ताव गर्यो लाभांश

Sep 18, 2019 10:59 AM Merolagani

सनराइज बैंक (SRBL) ले गत आर्थिक वर्षमा अघिल्लो आवको तुलनामा बढाएर लाभांश  प्रस्ताव गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई १५.८० प्रतिशत लाभांश घोषणा गरेको हो।

भदौ ३१ गते सम्पन्न बैंक सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस र बोनसमा लाग्ने कर सहित ५.८० प्रतिशत नगद लाभांश घोषणा गरेको हो। अघिल्लो वर्षको तुलनामा बैंकले ४.३० प्रतिशत धेरै लाभांश प्रस्ताव गरेको हो।

बैंक सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीले पाउनेछन्। बोनस पश्चात बैंकको चुक्ता पूँजी  ८ अर्ब ९६ करोड ७८ लाख ११ हजार ४३६ रुपैयाँ पुग्नेछ।

 

अघिल्लो आर्थिक वर्ष २०७४/०७५ मा बैंकले ११.५० प्रतिशत नगद लाभांश मात्र वितरण गरेको थियो।

बैंक सञ्चालक समितिको ३२६ औं बैठकले बैंकको चुक्ता पूँजी ८ अर्ब १५ करोड २५ लाख ५५ हजार ८५१ रुपैयाँबाट ८१ करोड ५२ लाख ५५ हजार ५८५ रुपैयाँको बोनस र ४७ करोड २८ लाख ४८ हजार २३९ रुपैयाँ नगद लाभांश गरि कूल १ अर्ब २८ करोड ८१ लाख ३ हजार ८२४ रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

गत आवमा बैंकको शेयरधनीकोषमा (बाँड्न मिल्ने रकम) १ अर्ब ४८ करोड १२ लाख र शेयर प्रिमियममा १२ करोड ७१ लाख ६१ हजार रुपैयाँ रहेको थियो। सोबाट बैंकले शेयरधनीलाई गत आर्थिक वर्षमा १ अर्ब २८ करोड ८१ लाख रुपैयाँ बराबरको लाभांश वितरण गर्न प्रस्ताव गरेको हो।

बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासम्मामा एक अर्ब ११ करोड ७७ लाख ४१ हजार रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गरेको थियो। यस्तै बैंकको खुद नाफा अघिल्लो आर्थिक बर्षको तुलनामा १५.५८ प्रतिशतले बढेर १ अर्ब ७० करोड ७० लाख रुपैयाँ अर्ब ५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।