पछिल्लो समय केहि घटेको सुनको मूल्य भदौ ३० गते बढेर गत तीन दिन स्थिर रहेको थियो । गत साउन सुरुवातदेखि नै लगातार बढेर ७३ हजार ५०० रुपैयाँसम्म पुगेको सुनको भाउ पछिल्लो समय भने केहि घट्न थालेको हो।
भदौ १८ गते हालसम्मकै उच्च मूल्य ७३ हजार ५०० रुपैयाँमा कारोबार भएको सूनको मूल्य सो यता २ हजार ८०० रुपैयाँले घटिसकेको छ ।
सुनको मूल्य घटेपनि कारोबार भने धेरै नबढेको सुन व्यसायीहरु बताउछन्। सुनको मूल्य उच्चरूपले बढ्दा सुन कारोबार ठप्प जस्तै भएको थियो ।
बिहीबार सुनसँगै चाँदीको भाउमा समेत गिरावट देखिएको छ। चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा तोलामा १५ रुपैयाँले घटेर प्रतितोला ८५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।