बैंकास्योरेन्स बन्द नगराैं, नियमनकाे दायरामा ल्याऔं : बीमा समिति अध्यक्ष

Sep 19, 2019 03:49 PM Merolagani

बीमा समितिका अध्यक्ष चिरन्जीवि चापाँगाईले बैंकास्योरेन्स सेवा बन्द गर्न नहुने बताएका छन् । माैद्रिक नीतिपछि जारी  निर्देशिकाले बैंकास्योरेन्स बन्द भएकाेमा उनले असन्तुष्टि जनाएका छन् । उनले राष्ट्रबैंकले क्षेत्राधिकार नाघेर  बन्द गराएकाे संकेत दिएका छन् ।

आइवीएन मिडियाले काठमाडौंमा आयोजना गरेको बीमा सेवाको विस्तारबारे अर्न्तकृया कार्यक्रममा उनले भने, ‘हामीले बैंकास्योरेन्सको पुरै ढोका बन्द गर्न हुदैन । यसलाई नियमनकाे दायरा भित्र ल्याउनु पर्छ । इन्स्योरेन्स कम्पनीहरुलाई हामीले गर्नुपर्ने नियमन हामी गर्छौ, बैंकहरुलाई गर्नुपर्ने नियमन राष्ट्र बैंकले गर्नुपर्छ ।’

राष्ट्र बैंकले मौद्रिक नीति जारी गरेपछि बैंकास्योरेन्स सेवा बन्द रहेको छ । बैंकास्योरेन्सको नाममा बैंकका कर्मचारीहरुलाई बीमा टार्गेट दिएको भएर राष्ट्र बैंकले यो व्यवस्था मौद्रिक नीति मार्फत बन्द गरेकाे हो ।


मौद्रिक नीति जारी भइसकेपछि यस विषयमा अर्थमन्त्रीको संयोजकत्वमा हुने उच्चस्तरीय बैठक नभएको अध्यक्ष चापाँगाईले जानकारी दिए । तर उनले राष्ट्रबैंका गर्भनरसँग भने कुरा भएको स्वीकारे ।
उनले भने, ‘बैंकास्योरेन्स सेवा खुलाउने बारे मेरो गर्भनरसंग कुरा भएको थियो । बैंकको शाखा पिच्छे इन्साेरेन्सकाे लक्ष्य दिएपछि बैंकका कर्मचारीहरु इन्स्योरेन्सको लक्ष्य पुर्याउने तर्फ केन्द्रित भएको राष्ट्र बैंकको गुनासो छ ।

बैंकलाई केन्द्रीय तहमा इन्स्योरेन्स विभाग जस्तो व्यवस्था गुर्नपर्ने र एउटा बैंकसंग एउटा बीमा कम्पनीले मात्रै सहकार्य गर्न मिल्नेगरी जानु पर्ने व्यवस्था गर्न हामीले सुझाव दिएको छौं ।’ उनले भने ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।