हुवावेले गूगल एप्स बिनाको नयाँ फोन सार्वजनिक गर्दै

Sep 19, 2019 03:36 PM Merolagani

हुवावेले गूगल सिस्टम बिनाको आफ्नो नयाँ स्मार्टफोन सार्वजनिक गर्ने भएको छ ।विश्वको सबैभन्दा ठूलो दुरसञ्चार उपकरण निर्माता र दोस्रो ठूलो स्मार्टफोन बेच्ने प्रविधि कम्पनीको रुपमा रहेको हुवावेले बिहीबार म्यूनिखमा आफ्नो नयाँ स्मार्टफोन मेट ३० लन्च गर्दैछ ।

मे महिनामा अमेरिकाद्धारा हुवावेलाई व्यापारको कालोसूचीमा राखेपछि बजारमा हुवावेको यो पहिलो स्मार्टफोन सिरिज सार्वजनिक हुनेछ । कम्पनीले आफ्नो नयाँ उत्पादनमा गूगल एप्स र त्यसका सेवाहरु पूर्ण रुपमा बन्देज नै गर्ने भएको छ ।

केही समय पहिले अमेरिकाले हुवावेलाई एनटिटी सूचीमा शामिल गरेका कारण गूगलले हुवावेमाथि प्रतिबन्ध लगाएको बताइएको थियो ।

मेट ३० गूगलको ओपन सोर्स एन्ड्रोइड अपरेटिङ सिस्टमका साथ आउनेछ । तर गूगल प्ले स्टोर तथा यूट्यूब, जीमेल र गूगल म्याप जस्ता चर्चित र महत्वपूर्ण एपहरुको पहुँच भने हुनेछैन । गूगल म्यापसँग जोडिएका अन्य थर्ड पार्टी एप्सहरुले पनि गूगल सर्भिस बिना काम गर्ने छैनन ।

गत वर्ष स्मार्टफोन र अन्य उपभोग्य सामग्रीले हुवावेको राजस्वको आधाभन्दा बढी हिस्सा धानेको थियो । तर अब सार्वजनिक हुन लागेको नयाँ स्मार्टफोन गूगल सर्भिस मार्फत् उपलब्ध हुने लोकप्रिय एप्सको पहुँच बिना अन्तराष्ट्रिय ग्राहकहरुलाई थोरै मात्र आकर्षण गर्ने अर्थात् कम रोजाईमा पर्ने विश्वास विश्लेषकहरुको रहेको छ ।

यसै वर्ष हुवावेका संस्थापक रेन झेंगफेईले अमेरिकी प्रतिबन्ध लागू भएपछिको महिनामा मात्र विश्वव्यापी स्मार्टफोनको विक्रीमा ४० प्रतिशतको गिरावट आएको बताए ।

विशेष गरी यूरोप हवावेको स्मार्टफोनका लागि सफल बजारका रुपमा रहेको थियो । कम्पनीले सन् २०१८ मा पश्चिम यूरोपमा मात्र २ करोड ६३ लाख स्मार्टफोन पठाएको थियो । जुन अघिल्लो वर्षको तुलनामा ६० प्रतिशतले धेरै हो ।

हुवावेको मेट ३० को नयाँ सिरिज उत्कृष्ट क्यामेरा सिस्टम र तीव्र गतिको हार्डवेयरका साथ सार्वजनिक हुने अपेक्षा गरिएको छ । नयाँ सिरिजका स्मार्टफोनको मूल्य भने घोषणा गरिएको छैन । एजेन्सी

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।