पश्चिमी इन्डोनेसिया ६.१ म्याग्निच्युडको भूकम्प

Sep 19, 2019 03:32 PM Agency

इन्डोनेसियाको पश्चिम भागमा पर्ने जाभा प्रान्तमा बिहीबार ६.१ म्याग्निच्युडको भूकम्प गएको छ । यस भूकम्पपछि सुनामीको चेतावनीको सुचना भने जारी नगरिएको मौसमविज्ञान र भूभौतिक निकायले जानकारी दिएका छन् ।

यस भूकम्पलाई शुरुमा ५.६ म्याग्निच्युड भएको जनाइएको थियो । तर केही समयपछि सो रिपोर्टलाई अपग्रेड गरिएको सो निकायका अधिकारी अल्फाथ अबुबाकरले सिन्ह्वा समाचार समितिलाई टेलिफोनमार्फत जानकारी दिएका छन्। 

यस भूकम्पपछि मानवीय र सम्पत्ति क्षतिलगायत अन्य विस्तृत प्राप्त नभएको सम्बन्धित अधिकारीहरुले जानकारी दिएका छन् ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।