साना जलविद्युत् विकास अभियन्ता दाहाल रहेनन्

Sep 20, 2019 02:19 PM Merolagani

पूर्व सांसद हरि वैरागी दाहालको ६२ वर्षको उमेरमा आज निधन भएको छ। नेपालमा साना जलविद्युत् विकास अभियन्ताकाे रूपमा दाहालकाे नाम अग्रस्थानमा रहेकाे छ।  

वि.सं. २०५१ को मध्यावधि निर्वाचनमा सङ्खुवासभा निर्वाचन क्षेत्र नं २ बाट तत्कालीन एमालेका सांसद निर्वाचित रहेका दाहाल  साना जलविद्युत् विकास कार्यक्रममा पूर्णरूपमा सहभागी थिए । 

सङ्खुवासभाकाे पिलुवा खोला तल्लो पिलुवाखोला १ मेगावाट लगायत माया खोला १५ मेगावाट, सिस्नेरी, रैराङ, बानेश्वर हाईड्रो लगायत दर्जनौ आयोजना निर्माणमा दाहालको प्रत्यक्ष सहभागिता थियो।

नेपालकाे जलबिद्युत क्षेत्रमा नीतिगत व्यवस्था शुरू गर्न दहालकाे ठूलाे याेगदान छ । स्पष्टबक्ता दाहाल सर्व साधारणलाइ जलविद्युत क्षेत्रमा लाग्न प्रोत्साहन दिन्थे । उनले पिलुवा जलविद्युतबाट आएकाे नाफाले सरकारी क्याम्पस चलाउन सहयाेग गरेका  थिए।

 

 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।