हाल २५० किलोमिटरभन्दा बढीलाई लामो दुरीको रुपमा लिइन्छ। सो भन्दा कम अर्थात छोटो दूरीका यात्रुहरुले भने आफु जाने दिनमै टिकट काटेर यात्रा गर्न सक्नेछन् ।
यात्रुको सहजताका लागि १४ स्थानमा यात्रु सहायता कक्षको समेत व्यवस्था मिलाइएको विभागले जनाएको छ। विभागले साविकको भाडादरमै त्यस्तो टिकट बुक गर्नुपर्नेगरी बिक्री खुला गर्नुपर्ने व्यवस्था गरेको छ ।
गत वर्षहरुमा दशैँ शुरु हुनुभन्दा झण्डै एक महिना पहिले नै अग्रिम टिकट खुलाउने गरेकामा यस वर्ष गत वर्षभन्दा ढिलो टिकट बुकिङ खुलाएको हो ।
विभागले तोकिएकोभन्दा बढी भाडा लिएको पाइएमा बढी भाडा लिने सवारीलाई कारवाही गर्ने चेतावनी समेत दिएको छ ।