सिटिजन्स बैंक र एन.बि.आई बीच कर्मचारी कार्यदक्षता अभिवृद्धिका लागि तालिम गर्ने सम्झौता

Sep 22, 2019 10:57 AM Merolagani

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड (CZBIL) र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट (एन.बि.आई) बीच तालिम संचालनगर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।

उक्त सम्झौतापत्रमा सिटिजन्स बैंक ईन्टरनेसनल लि. का तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेश राजपोखरेल र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटका तर्फबाट प्रमुखकार्यकारी अधिकृत संजिब सुब्बाले हस्ताक्षर गरेका हुन्।

सम्झौतापश्चात सिटिजन्स बैंकका कर्मचारीहरुको कार्यदक्षता अभिबृद्धिको लागि एन.बि.आईले विभिन्न विषयमा नियमित रुपमा बैंकिङ्ग तालिमहरु प्रदान गर्ने छ । यसका साथै एन.बि.आइले आयोजना गर्ने विभिन्न किसिमका सम्मेलन, सेमिनार तथा कार्यशालाहरूमा बैंकको सहभागिता रहनेछ। अब आउने निकट भविष्यमा पनि कर्मचारीहरूको वृतिविकाशका निमित्त विभिन्न कार्यक्रमहरू संचालन गर्ने बैंकले जानकारी दिएको छ ।

सिटिजन्स बैंकले देशैभरी फैलिएकाआफ्ना ८२ वटा शाखा, ७९ वटा ए.टि.एम. र १०१ वटा शाखा रहित बैंकिङ्ग इकाईहरुबाट करिब चार लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ।

यसका साथ साथै शाखाहरुसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवं गुनासो सुनुवाई जस्ता कार्यहरू छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादन गर्ने उद्देश्यले बैंकले सात वटै प्रदेशमाप्रादेशिककार्यालयहरुको स्थापना गरिसकेको छ।

ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।