दशैंमा नयाँ नाेटमा रंग लगाए कारवाही !

Sep 22, 2019 03:49 PM Merolagani

दशैंमा टीका लगाएकाे हातले दक्षिणा नदिनु हाेला। यदि तपाइकाे हातमा लागेकाे रंगले नयाँ नाेट मैलियाे भने तपाई कारवाहीमा पनि पर्न सक्नुहुन्छ।

नेपाल राष्ट्र बैंकले दशैंको समयमा नयाँ नोटमा रंग नलगाउन, केरमेट नगर्न र आकार नविगार्न सर्वसाधारणलाई अनुरोध गरेको । 

राष्ट्र बैंकले एक सूचना जारी गर्दै नयाँ नोटहरूलाई जतन गरेर चलाउन अनुरोध गरेकाे छ। राष्ट्र बैंकको अनुरोधलाई वेवास्ता गरी नोटलाई जथाभावी चलाए प्रचलित कानून अनुसार कारवाही गरिने बैंकले जनाएको छ ।

टीका लगाई दक्षिणा दिँदा या पूजाआजा गरेका हातले नयाँ नोट चलाउँदा रंगिन भई मैलिनसक्ने हुँदा सफा हातले नोट चलाउन अनुरोध गरिएको छ ।

राष्ट्र बैंकले असोज १० गतेदेखि सर्वसाधारणलाई नयाँ नोट वितरण गर्ने भएको छ । यो वर्ष पनि राष्ट्र बैंकले ५, १०, २०, ५०, १००, ५०० र हजार दरका नोट वितरण गर्न लागेको हो।

नयाँ नोट राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग, बालुवाटार र विराटनगर, जनकपुर,बीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी कार्यालयबाट पाइने छ।

यसैगरी राष्ट्रिय बाणिज्य बैंक , नेपाल बैंक, कृषि विकास बैंकका उपत्यकास्थित शाखा कार्यालयहरूबाट पनि वितरण गरिने छ । राष्ट्र बैंकले यो वर्ष १३ अर्ब रुपैयाँभन्दा केही बढीको नयाँ नोट वितरण गर्ने योजना बनाएको छ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।