चार दर्जन बढीले लाभांश घोषणा गर्दा तपाईको लगानी रहेको कम्पनीले कति दिँदैछ ?

Sep 22, 2019 07:28 PM Merolagani

- तीर्थराज पौड्याल।
नेप्सेमा सूचीकृत रहेका १८ दर्जन कम्पनीहरुमध्ये असोज ५ गते आइतबारसम्म चार दर्जन बढी कम्पनीहरुले शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेका छन्। यसरी लाभांश घोषणा गर्ने कम्पनीहरुमध्ये आधा लघुवित्त कम्पनीहरु रहेका छन्।

गत आर्थिक वर्ष समाप्त भएको दुई महिना अवधि समाप्त हुँदा नेप्सेमा सूचीकृत रहेका २१८ कम्पनीहरुमध्ये कूल ५१ वटा कम्पनीले लाभांश घोषणा भएको छ। लाभांश घोषणा भएको कम्पनीमा लघुवित्तका मात्रै २८ कम्पनी रहेका छन्। ८ वाणिज्य बैंक र ७ वटा म्युचुअल फण्डले पनि गत आवको मुनाफाबाट लाभांश घोषणा गरिसकेका छन्।

यस्तै लाभांश घोषणा गर्ने अरु कम्पनीहरुमा दुई जीबन बीमा कम्पनी, एक निर्जीवन बीमा, एक विकास बैंक, एक फाइनान्स कम्पनी, एक अन्य र दुई उत्पादनमूलक उपसमूहका कम्पनी रहेको छ।

धेरैले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट लाभांश घोषणा गरेका हुन् भने कतिपयकोे अघिल्लो आवको समेत रहेको छ।

  • वाणिज्य बैंक

हालसम्म ८ वाणिज्य बैंक गत आवको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने प्रतिफल घोषणा गरेका छन्। लाभांश घोषणा गरेका ८ वाणिज्य बैंकमध्ये सिद्धार्थ बैंकले सबैभन्दा धेरै कूल २५.२६ प्रतिशत लाभांश घोषणा गरेको छ।

सबैभन्दा कम लाभांश कुमारी बैंकको १०.०५३ प्रतिशत रहेको छ भने अन्य सबैले सोभन्दा धेरै घोषणा गरेका छन्। लाभांश घोषणा भएका बैंकहरुको औसत लाभांश १७.६५ प्रतिशत रहेको देखिन्छ।

  • लघुवित्त कम्पनी

हालसम्म २८ लघुवित्त कम्पनीहरुले लाभांश घोषणा गरेका छन्।  जसमध्ये नेशनल माइक्रोफाइनान्सले सबैभन्दा धेरै कूल ८० प्रतिशत घोषणा गरेको छ । यस अवधिमा लाभांश घोषणा भएको कम्पनीमध्ये सबैभन्दा कम गणपति माइक्रोफाइनान्सको कूल ७.३६ प्रतिशत रहेको छ ।
लाभांश घोषणा भएका लघुवित्तहरुको औसत लाभांश २७.२१ प्रतिशत रहेको देखिन्छ।

  • म्युचुअल फण्ड

यस्तै गत आवको लाभांश घोषणा गर्ने म्युचुअल फण्डहरुको संख्या ७ रहेको छ। जसमध्ये लक्ष्मी भ्यालु फण्ड–१ र एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्डले १५ प्रतिशत नगद लाभांश घोषणा गरेका छन्।

एनआईबिएल समृद्धि फण्डको सबैभन्दा कम ६.५० प्रतिशत नगद लाभांश रहेको छ। लाभांश घोषणा भएका फण्डहरुको औसत लाभांश १०.६४ प्रतिशत रहेको देखिन्छ।

  • लाभांश घोषणा गरेका अरु कम्पनी

यसैगरि उत्पादनमूलक क्षेत्रको युनिलिभरले हरेक वर्ष सूचीकृत कम्पनीहरुमध्ये धेरै लाभांश वितरण गर्दै आइरहेको छ। गत आवको मुनाफाबाट पनि कम्पनीले ७७० प्रतिशत नगद लाभांश घोषणा गरेको छ। यस्तै जानकी फाइनान्सले गत आवको मुनाफाबाट २३.१६ प्रतिशत लाभांश वितरण गर्दैछ।

लाभांश घोषणा भएका कम्पनीमध्ये कतिपयले गत आर्थिक वर्ष २०७५/०७६ को नभई अघिल्लो आर्थिक वर्ष २०७४/०७५ को लाभांश समेत रहेको छ। अघिल्लो आवको ढिलो गरि लाभांश घोषणा गरेका कम्पनीहरुमा नागरिक लगानी कोष, लुम्बिनी विकास बैंक, नेको इन्स्योरेन्स, नेशनल लाईफ, प्राइम लाईफ रहेको छ। यी कम्पनीहरुले अघिल्लो आर्थिक वर्ष २०७४/०७५ को मुनाफाबाट शेयरधनीलाई लाभांश घोषणा गरेका हुन्। गत आर्थिक वर्षको २०७५/०७६ को लाभांश भने घोषणा हुन बाँकी छ।

हिमालयन डिष्ट्रिलरीले आफ्ना शेयरधनीलाई गत वर्षको मुनाफाबाट ६८.४२ प्रतिशत नगद लाभांश वितरण गरिसकेको छ। कम्पनीले सञ्चित मुनाफा रकमबाट कर सहित प्रतिशेयर ६८ रुपैयाँ ४२ पैसाका दरले अन्तरिम लाभांश वितरण गरेको हो ।

लुम्बिनी विकास बैंकले साउन २८ गते र नागरिक लगानी कोषले भदौ ३० गतेको साधारण सभाबाट उक्त लाभांश पारित गरिसकेको छन्। लुम्बिनी विकास बैंकले उक्त बोनस असोज ५ गते नेप्सेमा कारोबारका लागि सूचीकृत गराएको छ ।

यस्तै एनआईसी एशिया र सिटिजन्स बैंकले असोज १० गते शुक्रबार, कुमारी बैंकले असोज ११ गते शनिबार र माछापुच्छ्रे बैंकले असोज २४ गते शुक्रबार प्रस्तावित लाभांश पारित गराउन साधारण सभा आह्वान गरिसकेका छन्। यसैगरि प्राइम लाईफले असोज ७ गते सोमबार विशेष साधारण सभा आह्वान गरेको छ।

लाभांश घोषणा गरिसकेका अन्य कम्पनीहरुको लाभांश अनुमोदनका लागि साधारण सभा बोलाउन बाँकी रहेको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।