सिर्जना फाइनान्सको शेयरमूल्य समायोजन

Sep 23, 2019 10:42 AM Merolagani

सिर्जना फाइनान्स (SFFIL) को असोज ६ गते सोमबार नेपाल स्टक एक्सचेञ्जमा शेयरमूल्य समायोजन भएको छ। फाइनान्सले चुक्ता पूँजीको ६० प्रतिशत हकप्रद शेयर बिक्री गर्न सोमबार बुकक्लोज गरेसँगै नेप्सेले कम्पनीको शेयरमूल्य समायोजन गरी नयाँ शेयरमूल्य कायम गरेको हो।

नेप्सेले फाइनान्सको शेयरमूल्य समायोजन गरी प्रतिकित्ता १९२ रुपैयाँ ५० पैसा कायम गरेको छ। समायोजित मूल्यलाई आधार मानेर सोमबार फाइनान्सको शेयर कारोबार खुल्नेछ।

फाइनान्सले असोज १७ गतेदेखि हाल कायम चुक्ता पूँजी ४६ करोड ८ लाख रुपैयाँको ६० प्रतिशत अर्थात १०ः६ अनुपातमा कुल २७ लाख ६४ हजार ६९२ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।

हकप्रदमा असोज ५ गतेसम्म फाइनान्सको शेयरधनी कायम भएका लगानीकर्ताले मात्र आवेदन गर्न पाउनेछन्।सोमबार समायोजित शेयरमूल्यमा शेयर खरीद गर्ने लगानीकर्ताले भने उक्त हकप्रद पाउँदैनन्।

हाल फाइनान्सको चुक्ता पूँजी ४० करोड ६ लाख ८० हजार रुपैयाँ छ। ६० प्रतिशत हकप्रद बिक्री पश्चात फाइनान्सको चुक्ता पूँजी ६४ करोड १० लाख ८८ हजार रुपैयाँ पुग्नेछ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।