जनता लाभान्वित हुने काम गर्न स्थानीय जनप्रतिनिधिलाई मन्त्री अर्यालको आग्रह

Sep 23, 2019 10:36 AM Merolagani

भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले जनताको घरदैलोमा लाभान्वित हुने खालको काम गर्न स्थानीय तहका जनप्रतिनिधिलाई आग्रह गरेकी छिन्।

राष्ट्रिय सहकारी महासङ्घले भक्तपुरमा आइतबार आयोजना गरेको प्रदेश तथा स्थानीय तहको समृद्धिका लागि सहकारी विषयक दुई दिने प्रादेशिक गोष्ठीमा उनले योजना बाँडफाँटका क्रममा हुने गरेका बेथितिलाई रोक्दै कागज मिलाएर व्यक्तिगत स्वार्थमा प्रयोग गर्नेलाई नभएर सही रूपमा जनताको काममा योजना लगाउनेलाई काम दिन जनप्रतिनिधिलाई आग्रह गरिन्।

मन्त्री अर्यालले अहिले सरकार सहि गतिमा अगाडि बढिरहेको बताउँदै निरासा बढाउने कोसिस गरिए पनि निरासा हुनुपर्ने अवस्था नभएको बताइन्।

अहिले पनि आक्रमण गर्ने, अविश्वास खडा गर्ने, व्यवस्थामाथि प्रश्न उठाउने गरी चलखेल शुरू भइरहेको भन्दै यी कुरालाई चिर्दै जनप्रतिनिधि सचेत हुँदै सुक्ष्म र सिर्जनशील ढङ्गले जनताको घरदैलोमा लाभान्वित हुने खालको काम गर्न मन्त्री अर्यालले स्थानीय तहका जनप्रतिनिधिलाई आग्रह गरिन्।

नेपाली जनताले लामो सङ्घर्षले प्राप्त गरेको गणतन्त्र सबैले कुशलतापूर्वक काम गरेर जनताको मन जित्न सकियो भने सफल हुने भन्दै मन्त्री अर्यालले राम्रो ढङ्गले काम गर्न र जनताको मन जित्न नसकेमा गणतन्त्र पनि जोगाउन कठिन हुने धारणा राखिन्।

विकासका निम्ति हिजोका नमिलेका पुराना कानूनलाई अब संशोधन गर्दै जानुपर्ने भन्दै जनताले अनुभूत गर्ने सरकार भनेको स्थानीय तह भएको भन्दै सचेत भएर काम गर्न उनले स्थानीय पालिकालाई आग्रह गरिन्।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।