गत साउन सुरुवातदेखि नै लगातार बढेर ७३ हजार ५०० रुपैयाँसम्म पुगेको सुनको भाउ पछिल्लो समय भने केहि घट्न थालेको थियो। भदौ १८ गते हालसम्मकै उच्च मूल्य ७३ हजार ५०० रुपैयाँमा कारोबार भएको सूनको मूल्य त्यस यता २ हजार २०० रुपैयाँले घटेको छ।
असोज दुइ गते देखि भने सुनको मूल्य पुन बढ्न थालेको छ। सो पश्चात दुइ दिनमा सुनको मूल्य ६ सय रुपयाँले बढेको हो ।
आइतबार चाँदीको भाउमा भने वृद्धि भएको छ। चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा तोलामा १० रुपैयाँले बढेको नेपाल सुनचाँदी महासँघले जनाएको छ ।
अघिल्लो दिन आइतबार प्रतितोला ८६५ रुपैयाँमा कारोबार भइरहेको चाँदीको मूल्य सोमबार १० रुपैयाँले बढेर ८७५ रुपैयाँ कायम भएको हो ।